कांग्रेसपनि जसपा कै लाईनमा, भन्यो बुहारीलाई नागरिकता दिँदा कसैलाई पनि अन्याय हूदैन



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेपाली नागरिकसँग विवाह गरेर आउने महिलालाई सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानलाई नमान्ने निर्णय गरेको छ ।

यसअघिदेखिका प्रचलित मान्यताअनुसार नै नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागरिकता दिनुपर्ने भन्दै कांग्रेसले अहिले अघि सारिएको सात वर्षपछि मात्र नागरिकता दिने प्रावधान नमान्ने निर्णय गरेको हो ।

सत्तारूढ नेकपाकाे शनिबार बसेकाे सचिवालय बैठकले नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई सात वर्षपछि मात्र नागरिकता दिनुपर्ने निर्णय गरेकाे थियाे । नागरिकताबारे नेकपाको निर्णयपछि आइतबार बिहान कांग्रेसले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको हाे ।

‘यसअघिदेखि नै धेरै कुरालाई विचार गरेर नै नेपाली नागरिकसँग विवाह गर्ने महिलालाई अंगीकृत नागरिकता दिइँदै आएको थियो,’ कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले  भने, ‘यसैले हामीले पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले संविधानअनुसार पुरानै व्यवस्थाअनुसार अंगीकृत नागरिकता दिनुपर्छ भन्ने अडान राख्ने भएका छौँ ।’

आइतबार बस्ने राज्य व्यवस्था समितिको बैठकमा नेकपाका सांसदको तयारीअनुसार कसरी प्रस्तुत हुने भन्ने तय हुने अर्का नेता कृष्णप्रसाद सिटौलाले जानकारी दिए । ‘आज दिउँसो २ बजे राज्य व्यवस्था समितिको बैठकमा नेकपाको सांसदहरूको तयारी कस्तो हुन्छ त्यसैअनुसार हामी अघि बढ्छौँ,’ सिटौलाले भने, ‘नोट अफ डिसेन्ट लेख्ने वा अरू विरोध गरेर जाने भन्ने नेकपाको व्यवहारमा भर पर्छ ।’

नेकपाले सल्लाह गर्न खोजेकोजस्तो गरी पेलेर जाने नीति लिएको भन्दै सातवर्षे प्रावधानमा सहमत हुन नसक्ने निर्णय कांग्रेसले गरेको उनले बताए ।

सभापति देउवाले पनि बैठकमा प्रचलित व्यवस्थाअनुसार नै अंगीकृत नागरिकता दिनुपर्ने मत राखेका थिए । संविधानअनुसार नै नागरिकता दिँदा कसैलाई पनि अन्याय नहुने मत कांग्रेसले अघि सारेको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...