नेकपा सचिवालयमा एमसीसीबारे छलफल हुने



हाम्रो इकोनोमि

 

पटक–पटक आह्वान हुँदै र स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको बैठक आज फेरि बोलाइएको छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

बैठक अमेरिकी सहयोग परियोजना (एमसीसी)मा केन्द्रित हुने छ । संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुंगो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।

एमसीसीमा पार्टीभित्र एकमत नहुँदा सचिवालय बैठक पटक पटक आह्वान गर्ने र अन्तिम समयमा स्थगित गर्ने गरिएको छ । पछिल्लो पटक ३२ असारमा बोलाइएको बैठक पनि निर्धारित समयभन्दा एक घण्टा अगाडि स्थगित गरिएको थियो ।

सुरुसुरुमा एमसीसी पारित गर्नैपर्ने पक्षमा देखिएका प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय भने यसलाई पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको उनी निकट नेताहरु बताउँछन् । तर उनले ४ असारमा राष्ट्रियसभा बैठकलाई सम्बोधन गर्दै एमसीसी परियोजनासँगै अमेरिकी सेना पनि नेपाल आउने भनेर गलत हल्ला फिजाइएको बताएका थिए ।

आलोचकहरुलाई एमसीसी राम्रोसँग पढेर मात्र अभिव्यक्ति दिन आग्रह गर्दै प्रधानमन्त्री ओलीले नेपालमा विदेशी अनुदान आउने र विकास हुने चिन्ताले विरोध गरिएको त होइन भनेर प्रश्नसमेत गरेका थिए ।

शुक्रबार मात्रै चीन र नेपालको कम्युनिष्ट पार्टीबीचको भर्चुअल कार्याशालालाई सम्बोधन गर्दै प्रचण्डले सैन्य गठबन्धनसँग जोडिने कुनै पनि सहयोग नलिने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...