आज थप ५८६ मा कोरोना, संक्रमितको संख्या ७१७७ पुग्यो



हाम्रो इकोनोमि

 

पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ । उनीहरूमध्ये २० जनाको मृत्यु भएको छ भने एक हजार १६७ जना डिस्चार्ज भएका छन् ।

 

थप एकको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बाँकेको बैजनापुर–६ की ४६ वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मिर्गौलासम्बन्धी समस्याका कारण उनलाई ३० जेठमा नेपालगञ्ज मेडिकल कलेज, कोहलपुर भर्ना गरिएको थियो । १ असारमा उनको स्वाब संकलन गरिएको थियो ।

थप रिपोर्ट नआउँदै त्यही दिन साँझ उनको मृत्यु भयो । भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २ गते उनमा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

 

कहाँकहाँ थपिए संक्रमित ?
स्वास्थ्य मन्त्रालयका अनुसार सबैभन्दा धेरै महोत्तरीमा २०० जना संक्रमित थपिएका छन् । यस्तै, रौतहटका १२७ जना, प्युठानका ३८, बर्दियाका ३१, गुल्मी र धनुषाका २६/२६ जना, सल्यानका २५, नवपलुरका १७, कालीकोटका १४, अर्घाखाँचीका १२ र कपिलवस्तुका १० जनामा संक्रमण पुष्टि भएको छ ।

मोरङका ९ जना, दाङका ८, बारा, कञ्चनपुर र रुपन्देहीका ७/७ जना, सर्लाहीका ६, उदयपुरका ४, पर्वतका ३ जना, झापा, सुर्खेत र दैलेखका २÷२ जना तथा सिराहा, कैलाली र बाँकेका १/१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...