एकै दिन थप ४५१ जनामा कोरोना, संक्रमितको संख्या ६२ सय नाघ्यो



हाम्रो इकोनोमि

 

नेपालमा एकै दिन ४५१ थप जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले एकै दिन थप ४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । प्रवक्ता डा. गौतमले योसँगै कोरोना संक्रमितको ६ हजार २११ पुगेको बताए ।  उनका अनुसार पछिल्लो २४ घण्टामा ४१६ जना पुरुष र ३५ जना महिलामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थपिएका संक्रमितहरुमा काठमाण्डौका ५, झापाका १, मोरङ्गका २२,पर्साका १०, रौतहटका १०२, तनहुका ५, अछामका ३, डोटीका ४, बाकेका ५, बर्दियाका १६, प्युठानका ३, दैलेखका ९३, महोत्तरीका ३०, धनुषाका ४, नुवाकोटका ३, अर्घाखाचिका ३, चितवनका १, गुल्मीका ९, रुपन्देहीका १२ जना रहेका छन् ।

यसैगरी सुनसरीका ३, सुर्खेतका १९, रोल्पाका ४, दाङ्गका ४३, धादिङ्गका ९, ललितपुरका १, कपिलवस्तुका १, पाल्पाका १०, सर्लाहीका २३ र सिराहाका ४ छन। मन्त्रालयका अनुसार हालसम्म नेपालमा १ लाख ३८ हजार ६८३ पीसीआर परीक्षण भएका छन्। २ लाख १९ हजार ३३६ आरडीटी किट विधिबाट परीक्षण भएका छन्।

पछिल्लो २४ घण्टामा ५ हजार ३०६ पीसीआर र ८ हजार ६१५ आरडीटी विधिबाट नमुना परीक्षण भएको मन्त्रालयले जनाएको छ। देशैभर क्वारेन्टाइनमा १ लाख ३३ हजार ८२९ जना रहेका छन्। आइसोलेसनमा ५ हजार १५१ जना रहेका छन्।

हालसम्म एक हजार ४१ जना डिस्चार्ज भइसकेका छन्। कोभिड-१९ बाट अहिलेसम्म १९ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस
रास्वपा उम्मेदवारको गाडीको ठक्करबाट रौतहट बालिकाको मृत्यु

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रौतहट २ का उम्मेदवार सगिर आलमको...

ढुक्कैसँग निर्वाचन हुन्छ, कसैले बिथोल्न सक्दैन : आयोग

    कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले शान्तिपूर्ण निर्वाचनको वातावरण बनेको बताएका...

कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...