२ नम्बर प्रदेशमा ३३ अर्ब ५६ करोड ९ लाखको बजेट



हाम्रो इकोनोमि

 

प्रदेश २ सरकारले आगामी आर्थिक बर्ष २०७७/०७८ का लागि ३३ अर्ब ५६ करोड ९ लाख ८९ हजारको बजेट प्रस्तुत गरेको छ । यो बजेट चालू आर्थिक बर्ष २०७६/७७ भन्दा ५ अर्ब १६ करोड ९० लाख रुपैयाँ कम हो ।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री विजय कुमार यादवले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा चालूतर्फ १५ अर्ब ४२ करोड २६ लाख ९८ हजार रुपैयाँ विनियोजन गरिएको छ ।

यस्तै, पूँजीगततर्फ १७ अर्ब, ९७ करोड ८२ लाख, ९१ हजार तथा वित्तीय व्यवस्थातर्फ १६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेटको स्रोतमा राजस्वबाट १२ अर्ब २४ करोड २८ लाख ६० हजार, नेपाल सरकारबाट आउने विभिन्न अनुदानबाट १३ अर्ब ४० करोड ५९ लाख र चालू आर्थिक वर्षको खर्च हुन बाँकी रकमबाट ६ अर्ब ९१ करोड २२ लाख, २९ हजार रुपैयाँ रहने मन्त्री यादवले बताए । यति गर्दा कुल बजेटमा अपुग हुने १ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने मन्त्री यादवले बताए ।

आगामी आर्थिक बर्षमा पनि सांसद विकास कोष अर्थात् निर्वाचन विकास क्षेत्रलाई निरन्तरता दिइने भएको छ । यसका निम्ति २ अर्ब ३५ करोड विनियोजन गरिएको छ ।

जनकपुरस्थित प्रादेशिक अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन ४५ करोड ५३ लाख बजेट विनियोजन गरिएको छ ।
प्रदेश प्रहरी गठन र त्यसको भौतिक संरचना निर्माणका लागि ३९ करोड २५ लाख विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...