राष्ट्रियता कसैको एकलौटी होइन : राजेन्द्र महतो



हाम्रो इकोनोमि

 

जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतोले नयाँ नक्सासहित संविधान संशोधन (दोस्रो संशोधन) विधेयकमा सम्पूर्ण नेपालीको ढुकढुकी जोडिएको छ। शनिबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महतोले आजको दिन ऐतिहासिक भएको बताएका छन्।

‘आजको ऐतिहासिक बैठक हो। यस्तो दिनमा किन समय निर्धारण गर्ने? मनमा भएको कुरा बोल्न दिनुपर्छ। आजको बैठकमा नेपालको नक्साको प्रस्ताव राख्ने दिन हो’ महतोले भने ‘राष्ट्रियता कसैको एकलौटी होइन्, यसलाई कुनै भुभाग र समुदाय विशेषलाई जोडेर हेर्न हुँदैन।’

‘हिमाल पहाड र तराईका सबै नेपाली जनता आफ्नो भूमिप्रति संवेदनशील छन्’, महतोले भने । राष्ट्रियताको सवाल आउँदा मधेसीले गर्दैन भन्नु गलत भएको उनले बताए । ‘राष्ट्रियता कसैको एकलौटी होइन । राष्ट्रियता सम्पूर्ण नेपाली जनताको हो । आजबाट राष्ट्रियताको परिभाषा ठिकसँग लेख्नुपर्छ ।’

उनले संवेदनशील घडीमा एकता देखाउनुपर्नेमा जोड दिए ।  ‘यो समयमा हामीले एकता देखाउनुपर्छ’, महतोले भने, ‘आफ्नो भूमिका लागि नेपाली जनताले एकता नदेखाए कसले देखाउँछ र ?’

नक्सालाई लिएर संविधानको अनुसूचीमा परिवर्तन गर्ने कुरा आएकोप्रति खुसी व्यक्त गर्दै उनले प्रस्तावको पक्षमा समाजवादी पार्टीले सर्वसम्मत रुपमा समर्थन गरेको बताए । ‘कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो भनेर संविधान संशोधन गर्ने प्रस्ताव आएको छ’, उनले भने, ‘हाम्रो पार्टी संविधान संशोधनको पक्षमा सर्वसम्मत समर्थन गर्दैछ ।’

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...