एकै दिन ४४८ जनामा कोरोना, संक्रमितको संख्या ५ हजार ६२ पुग्यो



हाम्रो इकोनोमि

 

नेपालमा शुक्रबार एकै दिन थप ४४८ जनामा कोरोनाभाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एकै दिन थप ४४८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । उनका अनुसार योसँगै देशभर कोरोना संक्रमितको संख्या ५ हजार ६२ पुगेको छ ।शुक्रबार पुष्टि भएको कोरोना सं‌क्रमितको संख्या नेपालमा २४ घण्टाभित्र देखिएको सबैभन्दा बढी हो ।

मन्त्रालय प्रवक्ता डा. गौतमका अनुसार पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका १, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १७ छन्।

त्यस्तै पर्वतका १३, स्याङ्जका २२, नवलपरासी पूर्व १, तनहुँ १, बर्दिया १५, बाँकेका १, नवलपरासी पूर्वका ४, धादिङका २८, धनुषाका १५, सर्लाहीका ५७, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेत ४५, अर्चाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, नवलपरासीपश्चिमका २, बाराका १, नुवाकोटका १, रौतहटका ८६, काठमाडौंका १ जना रहेको मन्त्रालयले जनाएको छ। हालसम्म ८ सय ७७ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । जसमा ७ सय ८६ जना पुरुष र ९१ जना महिला छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...