३१ जना कोरोना संक्रमित डिस्चार्ज हुँदै



हाम्रो इकोनोमि

 

कर्णाली प्रदेश अस्पतालबाट थप ३१ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् ।कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका ३१ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरू डिस्चार्ज हुन लागेका हुन् ।

कर्णाली प्रदेश अस्पतालको, कोभिड-१९ विशेष अस्पतालका इञ्चार्ज डा. नवराज केसीका अनुसार ११ महिला र २० पुरुष रहेका छन ।

डिस्चार्ज हुनेहरुमा सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका १४ जना, चौकुने गाउँपलिकाका ४ जना, बराहाताल गाउँपालिकाका ४ जना, गुर्भाकोट नगरपालिकाका एकजना, सिम्ता गाउँपालिकाका दुईजना र स्थानीय तहको नाम नखुलेका दुईजना रहेका छन् ।

यस्तै, दैलेखका एकजना, सल्यानका दुईजना र बझाङका एकजना रहेका छन । प्रदेश अस्पतालबाट यसअघि सातजना संक्रमित निको भएर डिस्चार्ज भैसकेका छन् ।रिपोर्ट नेगेटिभ आएकाहरुलाई अस्पतालले बिहीबार साँझ घर पठाउने तयारी गरेको डा. केसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...