लकडाउनको बारेमा छलफल गर्न मन्त्रिपरिषद वैठक बस्दै



हाम्रो इकोनोमि

 

मन्त्रिपरिषद बैठक आज (बुधबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको आगामी रणनीतिका बारेमा छलफल हुने जनाइएको छ ।

कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि नेपालभर लकडाउन गरिएको छ । लामो समयदेखिको लकडाउनले अधिकांशको जीविकोपार्जनमा समस्या भएपछि लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा बुझाइसकेको छ । दुई हप्ताको एक चरण गरी पाँच चरणमा लकडाउन क्रमशः खुकुलो बनाउने प्रस्ताव मन्त्रिपरिषदमा पुगेको छ ।

यसअघि कोरोना क्राइसिस म्यानेजमन्ट सेन्टर (सीसीएमसी) ले ६ चरणमा लकडाउन खुकुलो गर्ने गरी प्रस्ताव बुझाएको थियो ।

‘जर्जिया मोडल’ बारे बहस शुरु
लामो समयदेखिको लकडाउनले नागरिकको जनजीवन कष्टप्रद बनिरहँदा सरकार लकडाउनको यो र त्यो मोडलकै बसहमा अड्किरहेको छ । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिंदैछ । असार १ गतेदेखि लागू हुने गरी सरकारले लकडाउनको अहिलेको स्वरूप बदल्न लागेको छ ।

कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टरले लडकाउन खुकुलो बनाउने पाँच चरणको मोडालिटी प्रस्तुत गरेको छ । यसलाई सीसीएमसीले ‘जर्जिया मोडल’ नाम दिएको छ । जर्जियाले दुई–दुई सातामा लकडाउनको स्वरूप परिवर्तन गर्दै जनजीवन सहज बनाइरहेको सीसीएमसी स्रोत बताउँछ । नेपालले पनि त्यही मोडालिटी अवलम्बन गर्दा उपयुक्त हुने निष्कर्ष निकालिएको सीसीएमसी उसको दावी छ ।

सीसीएमसीले तयार पारेको योजनामा असार १ गतेपछाडि आंशिक रूपमा हवाइ उडान शुरु गर्न प्रस्ताव गरिएको छ । पहिलो चरणमा कृषि उत्पादनसँग जोडिएका क्षेत्र खुकुलो बनाइनेछ । गृह र स्वास्थ्य मन्त्रालयको प्रोटोकल पालना गर्दै आंशिकरूपमा दूध, दुग्ध पदार्थ, तरकारी फलफूलको बिक्री वितरण शुरु गर्ने दिइने छ । सामाजिक दूरी कायम गर्दै खेतीपातीको काम पनि खुला गरिनेछ ।

त्यस्तै, दैनिक उपभोग्य सामग्री बिक्री वितरण गर्ने केन्द्रहरू, डिपार्टमेन्टल स्टोर, किराना पसल, खाद्य भण्डारण केन्द्र, पानी–ग्यास डिपोहरू पनि आंशिक रूपमा खुला गरिने सीसीएमसीको योजनामा छ ।

प्रथम चरणमा अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा भने पूर्णतः रोक लगाइने छ । यो चरण असार १ देखि १४ गतेसम्मको हुनेछ । दोस्रो तहमा अनलाइन मिडिया खुलाउन सकिने
शुरूवाती दुई साता केही सेवा प्रदायक संस्था खुकुलो पारेपछि त्यसको अनुभवका आधारमा लकडाउनको दोस्रो चरण लागु हुनेछ ।

१५ असारदेखि सम्पूर्ण स्वास्थ्य संस्था, अनलाइन मिडिया, राहत सहायता केन्द्रहरू खुला गर्न सकिने मोडालिटी सीएमसीले तयार पारेको छ । उक्त चरणमा जीमखाना, मर्निङ वाक, छापा सञ्चारमाध्यम, सरकारी, निजी कार्यालयहरू भने भने आंशिक रूपमा मात्रै खुला गरिनेछ । धार्मिक स्थल, खेलकुदसँग सम्बधित केन्द्र, ब्युटी पार्लर, सैलुन आदि भने त्यस तहमा पूर्णतः बन्द रहनेछन् ।

कोरोना संकट समाधानबारे कांग्रेसले प्रधानमन्त्रीसँग छलफल गर्ने
कोरोना नियन्त्रण तथा यसले जनजीवनमा सिर्जना गरेको संकट समाधानका विषयमा सुझाव दिन नेपाली कांग्रेसको प्रतिनिधमण्डलले आज (बुधबार) प्रधानमन्त्री केपी ओलीसँग भेटवार्ता गर्दैछ ।

यही जेठ २६ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार प्रधानमन्त्रीलाई भेटेर माथि उल्लिखित विषयमा ध्यानाकर्षण गराइने कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा कांग्रेसको प्रतिनिधिमण्डल प्रधानमन्त्री ओलीलाई भेट्न अहिले बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटार पुग्ने कार्यक्रम रहेको कांग्रेस पार्टी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...