लकडाउन खुकुलो बनाउने उच्चस्तरीय समितिको प्रस्ताव



हाम्रो इकोनोमि

 

उपप्रधानमन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोभिड १९ (नोबल कोरोना भाइरस) रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समिति र नेपाली सेनाको कोरोना संकट व्यवस्थापन केन्द्रको सुझाव मर्ज गरी लक डाउन खुकुलो बनाउने प्रस्तावले आइतबार अन्तिम रुप पाउने भएको छ ।

यो प्रस्ताव आइतबार नै मन्त्रिपरिषदको कार्यालयमा पुग्दैछ भने मन्त्रिपरिषदको बैठकले खास निर्णय लिनेछ । यसअघिको बैठकले मोडालिटी तयार पार्नका लागि समितिलाई नै जिम्मेवारी दिएको थियो ।

जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले उच्चस्तरीय समितिलाई लकडाउनको मोडालिटी तय गर्ने जिम्मेवारी दिएको थियो । क्याबिनेटले निर्देशन दिएको ८ दिनपछि बल्ल उच्चस्तरीय समितिले लकडाउनलाई चरणवद्धरुपमा खुकुलो बनाउने मोडालिटी तयार पारी पठाउन लागेको हो ।

सर्वसाधारणले लक डाउनलाई भद्रताका साथ विस्तारै तोड्न थालेपछि नयाँ मोडालिटीअनुसार खास निर्णय गर्नुपर्ने दबाबमा सरकार परेको थियो । आइतबार काठमाडौंका सडकमा सार्वजनिक ट्याक्सी समेत देखिएका छन् ।

यसवीचमा  उच्च स्तरीय समितिले जेठ २५ बाटै लकडाउन खुकुलो पार्ने, सयभन्दा कम कोरोना संक्रमित रहेका जिल्लामा आन्तरिक सवारी साधन चलाउने, असार १ देखि आन्तरिक हवाइ उडान सञ्चालन गर्ने र लामो दुरीका यातायात चलाउने लगायतको प्रस्ताव तयार भएको थियो । तर, यसले अनुमोदन हुने मौका पाएको थिएन ।

उच्चस्तरीय समितिले सदस्य रहेका शनिबार मन्त्रीहरुलाई प्रस्तावको मस्यौदा वितरण गरेको थियो । त्यसमा आएका सुझावका आधारमा नै प्रस्ताव मन्त्रिपरिषदमा पठाइन लागेको हो ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...