काठमाडौंका चार जनामा कोरोना संक्रमण, नेपालमा थप दुई जनाको मृत्यु



हाम्रो इकोनोमि

 

काठमाडौंमा चार जना कोरोना भाइरस (कोभिड-१९) का संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार दुई महिला र दुई पुरुषमा संक्रमण पुष्टि भएको हो । उनीहरु २१ र ३५ वर्षकी महिला र ३६ र ४६ वर्षका पुरुष छन् । यस्तै भक्तपुर, कमलविनायकका एक जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु

कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण कैलाली र डोल्पामा एक-एक जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेहरुको संख्या १३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पतालको डायलासिस कक्षमा ५५ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कोरोना पोजेटिभ आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिएका छन् ।

डोल्पामा पनि एक जनाको मृत्यु भएको छ । जगदुल्ला गाँउपालिका-३ का ५८ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको हो ।

उनि जेठ १८ गते नेपालगञ्ज-सुर्खेत-जुम्ला हुँदै डोल्पा पुगेका थिए र आरडीटी रिर्पोट नेगेटिभ आएपछि होम क्वारेन्टिनमा बस्ने गरी घर पठाइएको थियो ।

उनको उनको २० गते निधन भयो । निधनपछि पीसीआर परीक्षण गर्दा रिपोट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ । उनी लामो समयदेखि दमको रोगले पीडित थिए ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...