प्रदेश २ सरकार बजेट अनियमिततामा व्यस्त : प्रभु साह



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले प्रदेश २ सरकार बजेटको अनियमिततामा अहिले व्यस्त रहेको खुलासा छन् ।

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको सन्त्रास एवं लकडाउनका बेला प्रदेश २ सरकार बजेटको अनियमिततामा लागेको नेता साहले आज समाजिक सञ्जाल फेसबुक मार्फत खुलासा गरेका छन् ।

‘देश कोरोना संत्रास र लकडाउनले अस्तव्यस्त रहेको यो संकटपूर्ण घड़ीमा रोगको नियंत्रण–रोकथाम, राहत–बचाव एवं आर्थिक उन्नतिमा ध्यान केन्द्रित गर्नुपर्नेमा प्रदेश–२ सरकार खास गरि कृषि मन्त्रालय बजेटको अनियमिततामा केन्द्रित छ’ साहले भने, ‘कृषि मन्त्रालय मातहत प्रत्येक जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत विभिन्न कामको नाममा ठूलो आर्थिक चलखेल भइरहेको छ ।’

बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको नियन्त्रण एवं रोकथाममा अहिले ध्यान दिन आवश्यक भए पनि प्रदेश २ सरकारले कसरी हुन्छ कृषीको बजेट आफूखुशी भ्रष्टाचार गर्नेमा ध्यान केन्द्रीत गरेको आरोप उनले लगाएका छन् ।

‘गत वर्ष बगर खेती, बागवानी विकास, बीउविजन वितरण, पोखरी निर्माण तथा मर्मत, कृषि भवन निर्माण, बजार सेड निर्माणलगायतका काममा व्यापक भ्रष्टाचार भएको आरोपमा अख्तियारले अनुसन्धान अगाडि बढाई स्थलगत अनुगमन समेत गरेको थियो तर छानबिन निष्कर्षमा न पुगदै फेरि अहिले त्यही काम दोहोरिएको छ’ साहले भनेका छन् ।

भूमी व्यवस्था, कृषी तथा सहकारी मन्त्री शैलेन्द्र साहकै निर्देशन एवं संलग्नतामा हुने गरेको यस्ता कार्यको प्रदेशमा व्यापक बिरोध भईरहेको छ । प्रदेश सरकारले अहिले कोरोना नियन्त्रणमा ध्यान दिनुपर्ने, जनताको समस्या समाधान गर्न अग्रसर हुनुपर्नेमा त्यस्तो नदेखिए पछि आलोचना भईरहेको छ ।

नेकपा नेता साहले बजेटको अनियमितता रोक्न, कृषकको समस्या समाधान गर्न, कारोना नियन्त्रणमा ध्यान दिन आग्रह गर्दै अहिले भईरहेको बजेट अनियमितता कार्यलाई तुरन्त रोक्न र अनुसन्धान कार्य अगाडि बढाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...