कोसी अस्पतालका थप २८ जना डिस्चार्ज



हाम्रो इकोनोमि

 

प्रदेश १ बाट थप २८ जना कोरोना संक्रमित बिहीबार डिस्चार्ज हुने भएका छन् । विराटनगरको कोसी अस्पताल, कोभिड-१९ उपचार केन्द्रमा उपचार गराइरहेका २८ जनाको रिपोर्ट नेगेटिभ आएपछि उनीहरु आज डिस्चार्ज हुन लागेका हुन् ।

जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतका अनुसार उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ र खोटाङका एक गरी जम्मा २८ जना डिस्चार्ज हुँदैछन् । उनीहरु मध्ये ६ जनामहिला र २२ जना पुरुष छन ।

कोरोनामुक्त भएकाहरुलाई बिहीबार दिउँसो डिस्चार्ज गर्ने प्रदेश १ सकारले तयारी गरेको छ । योसँगै प्रदेश १ मा कोरोना मुक्त हुनेको संख्या ७६ पुगेको छ ।

यसअघि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना र विराटनगरबाट ३० जना निको भएर घर फर्किसकेका छन् । प्रदेश १ मा कोरोना संक्रमितको संख्या १८५ छ ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...