भारतिय कोरोना कडा भएको बैज्ञानिक पुष्टि



हाम्रो इकोनोमि

 

सीमा विवादसँगै भारतीय सञ्चारमाध्यमहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको एक बयानलाई लिएर निकैं दुःख व्यक्त गरेका थिए । जेठको पहिलो साता कोरोना भाइरसका बारेमा प्रधानमन्त्री ओलीले संसदमा चीन र इटलीको भन्दा भारतबाट कडा खालको भाइरस आयो भन्नुभएको थियो । सरकारको नीति तथा कार्यक्रममाथि संसदमा उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले यस्तो धारणा व्यक्त गर्नुभएको थियो । भारतीय मिडियाले प्रधानमन्त्री ओलीको उक्त भनाइलाई ‘आधारहीन’ देखाउन हरेक प्रयत्न गरेका थिए ।

भारतका केही टेलिभिजन च्यानलले यस विषयमा ‘टक शो’ नै चलाए । उनीहरुले प्रधानमन्त्री ओलीको उक्त भनाइ भारतलाई अपमानित गर्न, आलोचना गर्नमात्र केन्द्रित रहेको निश्कर्ष निकाले । तर अहिले तिनै भारतीय मिडियाहरुले प्रधानमन्त्री ओलीको कुरामा सहमति जनाउँन थालेका छन् । वास्तवमा भारतीय वैज्ञानिकहरुले नै भारतमा कोरोना भाइरसको नयाँ प्रकार पाइएको पुष्टि गरेका छन् ।

 

 

हैदरावादको सेन्टर फर सेल्युलर एन्ड मोलिक्यूलर बायोलोजी (सीसीएमबी) का वैज्ञानिकले भारतका कोरोना संक्रमितमा कोरोनाभाइरसकै नयाँ प्रकारको भाइरस पत्ता लगाएका हुन् । यस्तो भाइरस दक्षिणी राज्य तमिलनाडु र तेलंगानामा बढी पाइएको छ । भारतको चर्चित मिडिया जी न्युजका कारण वैज्ञानिकहरुले भाइरसको यो अनौठो समूहलाई ‘क्लेड ए–आइ’ नाम दिएका छन् । यस्तो भाइरस भारतमा जीनोम (जीनहरुको समूह) सिक्वेन्सका ४१ प्रतिशत नमूनामा पाइएको छ ।

 

सीसीएमबीका निर्देशक तथा रिसर्च पेपरका सहलेखक राकेश मिश्राका अनुसार तेलंगाना र तमिलनाडुबाट लिइएका धेरैजसो नमूनामा ‘क्लेड ए३आइ’ पाइएको छ । भाइरसहरु म्युटेसन हुने सम्भावना रहन्छ । यसले गर्दा एउटै भाइरसको स्वरुप पनि परिवर्तन भइरहेको हुन्छ । सीसीएमबी वैज्ञानिक र औद्योगिक अनुसन्धान परिषद (सीएसआर) अन्तर्गत आउँछ । यस भाइरसको अनुसन्धानले पत्ता लगाएको छ कि फेब्रुअरीमा भाइरसको एक साधारण पुर्खा थियो । सीसीएमबीका निर्देशक र अनुसन्धान पत्रका सह–लेखक राकेश मिश्रले भने, ‘तेलंगाना र तमिलनाडुबाट लिइएको अधिकतम नमूनाहरू क्लैड ए३आई जस्तै हो ।’

 

उनले भने, ‘धेरै जसो नमूनाहरू कोभिड–१९ को प्रसार भारतमा शुरुको दिनको हुन् । दिल्लीमा देखिएका नमूनाहरूसँग केही समानता छ, तर महाराष्ट्र र गुजरातमा नमूनाहरूसँग कुनै समानता छैन । यस प्रकारको कोरोना भाइरस सिंगापुर र फिलिपिन्समा पत्ता लागेको अवस्थामा मिल्दोजुल्दो छ ।’ उनले थप भने, ‘आगामी दिनहरूमा अझ धेरै नमूनाहरूको जीनोम अनुक्रम तयार हुनेछ र यसले यस विषयमा अझ बढी जानकारी लिन मद्दत गर्दछ ।’ साथै, यो पनि भनिएको छ कि भारतमा यो पहिलो व्यापक अध्ययन हो जुन सार्स–सीओवी२ को बिभिन्न र धेरै ठुलो उपलब्ध समुहमाथि अनुसन्धान हुँदैछ ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...