लकडाउनको मोडालिटीबारे छलफल गर्न मन्त्रिपरिषद्को बैठक बस्दै



हाम्रो इकोनोमि

 

जारी लकडाउनको मोडालिटीबारे छलफल गर्न बिहीबार (आज) मन्त्रिपरिषद्को बैठक बस्दै बस्दैछ। अपरान्ह ४ बजेका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बोलाइएको छ।

आज बस्ने बैठकमा ११ चैतदेखि जारी लकडाउनको मोडालिटी परिवतर्न गर्ने लगायतका विषयमा छलफल हुने बताइएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले मन्त्रिपरिषद्को बैठक नियमित भएको र समसामयिक विषयमा छलफल हुने जानकारी दिए।

हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरूसँग छलफल गरेका थिए। छलफलमा विज्ञहरूले लकडाउन खुकुलो पार्नु पर्ने धारणा राखेका थिए।

११ चैतदेखि लागू गरिएको लकडाउनको पछिल्लो समय ३२ जेठसम्म कायम गरिएको छ। लामोसमय सम्मको लकडाउनका कारणले जनजीवन प्रभावित भएको र आर्थिक गतिविधि ठप्प रहेको भन्दै लकडाउन खुकुलो बनाउनुपर्ने माग भइरहेको छ।

अहिलेको लकडाउनको स्वरूपलाई केही परिवर्तन गर्ने विषयमा सबै क्षेत्रबाट सुझाव आइरहेकाले पनि सरकारले केही निर्णय लिन सक्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...