लकडाउनबारे प्रधानमन्त्री विज्ञहरुसँग छलफलमा



हाम्रो इकोनोमि

 

लकडाउनको मोडालिटी परिवर्तन गरेर कम जोखिमका ठाउँहरुमा व्यापार, व्यवसाय खुलाउने बारे प्रधानमन्त्री केपी शर्मा ओलीले परामर्श थालेका छन् । उच्चस्तरीय समन्वय समितिले गृहकार्य गरिरहेका बेला प्रधानमन्त्रीले विज्ञहरुसँग छलफल गर्न लागेका हुन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार अपरान्ह  हुने छलफलमा स्वास्थ्य क्षेत्रका विज्ञ, अर्थविद,योजनाविद,नर्सिङ र जनस्वास्थ्य विज्ञलाई बोलाइएको छ ।

मेडिकल काउन्सिलका अध्यक्ष डा.भगवान कोइरालाले स्वास्थ्य क्षेत्रका विज्ञहरुको संयोजन गरेका छन् भने योजना आयोगका पूर्व उपाध्यक्षहरु सहितका विज्ञलाई पनि बालुवाटारमा बोलाइएको छ ।

कोभिड १९ रोकथाम,नियन्त्रणका उपायका बारेमा छलफल गर्न र लकडाउनको बारेमा सरकारलाई निर्णयका लागि सुझाव दिन विज्ञहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

प्रतिक्रिया दिनुहोस
चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट सम्पन्न, नेपालको डिजिटल पूर्वाधारलाई सहयोग पुग्ने अपेक्षा

  सुबिसु लिमिटेडद्वारा आयोजित चौथो एपाक आइपीभी सिक्स काउन्सिल मीट भव्यरुपमा शुक्रबार सम्पन्न...

भारतीय गायिका आशा भोसलेको निधन

    भारतीय संगीतकी महान् गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा निधन भएको...

इरान हतारमा छैन, वार्ता अमेरिकाको हातमा

     इरानको तस्नीम समाचार एजेन्सीले एक जानकार स्रोतलाई उद्धृत गर्दै जनाएको छ...

वार्ता उपलब्धि विना नै सकियो : उपराष्ट्रपति भान्स

     युद्धरत अमेरिका र इरान बीच पाकिस्तानको इस्लामावादमा भएको वार्ता निष्कर्षविहीन भएको...