काली नै सीमा नदी भएको खर्तनाक दुई प्रमाण भेटीयो



हाम्रो इकोनोमि

 

सन् १८१६ को सुगौली सन्धिले लिम्पियाधुरा मुहान भएको काली -महाकाली) अन्तर्राष्ट्रिय सीमा नदी हो भन्नुका विभिन्न तथ्यहरू छन् । त्यसैका आधारमा नेपाल सरकारले जेठ ८ गते महाकालीवारिका अतिक्रमित भू-भाग समेटेर नेपालको वास्तविक नक्सा सार्वजनिक गरेको छ । निशान छापमा यो सही नक्सा राख्न संविधान संशोधन प्रक्रिया पनि अगाडि बढेको छ ।

एक दर्जनभन्दा बढी पुराना नक्साले लिम्पियाधुरासम्मको नेपाल स्पष्ट देखाउँछ । यीमध्ये पनि दुईवटा नक्सा बढी महत्वपूर्ण छन् । यी दुई नक्साले लिम्पियाधुरामा मुहान भएको नदीलाई काली भनिएको मात्र छैन, दुई देशबीचको अन्तर्राष्ट्रिय सिमाना पनि यही हो भनेर स्पष्ट देखाएको छ ।

तत्कालीन ब्रिटिस(इण्डियाको ‘दि सिभिल एण्ड मिलिटरी स्टेसन्स‘ द्वारा प्रकाशित नक्सामा नेपाली भू(भागलाई कालो र भारततर्फको भागलाई हल्का रातो रंगले देखाएको छ । नक्साले लिम्पियाधुराबाट निस्केको नदीलाई काली महाकाली भनेर स्पष्ट देखाएको छ ।

यो नक्सामा भारतले आफ्नो भनेर दाबी गरेको कुटी पनि देख्न सकिन्छ । २०१८ सालमा पत्रकार भैरव रिसाल कुटी, नाबी, गुन्जीलगायतका महाकालीवारिका यी गाउँमा जनगणना गर्न खटिएका थिए । २०१५ सालमा सम्पन्न नेपालको पहिलो आमनिर्वाचन यी गाउँवासीले मतदान गरेका थिए ।

 

विलियम एच आलन एण्ड कम्पनीद्वारा १८५७ मा प्रकाशित अर्को नक्सा ९म्याप अफ दि वेस्टर्न प्रोभिन्सेस अफ हिन्दुस्तान दि पञ्जाब, राजपुताना, सिन्धे, काबुल एण्ड कम्पनी० मा पनि लिम्पियाधुरा मुहान भएको कालीलाई अन्तर्राष्ट्रिय सीमा नदी भनेर उल्लेख गरेको छ ।

दोस्रो नक्सामा पनि कुटी नेपालभित्र देखिन्छ । दुवै नक्साले देखाएकोभन्दा पूर्व लिपुलेकसम्म आएर भारतले करिब ४० हजार हेक्टर नेपाली भू(भाग अतिक्रमण गरेको छ ।

८ जेठ २०७७ अघिको नेपालको नक्सामा कालापानी, लिपुलेकलगायत छ हजार हेक्टर भूमि भारतले अतिक्रमण गरेको जानकारहरू बताउँछन् । भारतले सुरक्षाकर्मी राखेको कालापानी पनि नेपालको पुरानो नक्सा भित्रकै भू(भाग हो ।

सुगौली सन्धिको धारा ५ मा ‘काली (महाकाली० नदी पश्चिमका भू(भागमा नेपालका राजाले दाबी गर्ने छैनन्’ भनिएको छ । १४ भन्दा बढी नक्साले गुन्जी, नाबी, कुटीलाई कालीवारि नेपालभित्र देखाएको छ । भूगोलका प्राध्यापक डा। नरेन्द्रराज खनाल भन्छन्, ‘भारतसँग वार्तामा बस्दा नेपालले छुटाउनै नहुने प्रमाण हुन् यी दुवै नक्सा ।’

प्रतिक्रिया दिनुहोस
समानुपातिकका सांसदलाई प्रमाणपत्र वितरण

    प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिकतर्फका नवनिर्वाचित ११० सांसदलाई प्रमाण पत्र प्रदान...

विश्वकै ठूलो ग्यास केन्द्रमा इरानको हमला

    अमेरिका र इजरायलको गठबन्धनले आफ्ना नेताहरुको एकपछि अर्को हत्या गरिरहेका बेला...

कतारको पेट्रोलियम प्लान्टमा मिसाइल आक्रमण

     मध्यपूर्वमा बढ्दो तनावबीच इरान र इजरायलबीचको द्वन्द्वले नयाँ मोड लिएको छ...

हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...