फेरी २५ जनाले कोरोनालाई जितेर घर फर्किए



हाम्रो इकोनोमि

 

रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा भर्ना भएका २५ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भएका २५ जना सबैले कोरोनालाई जितेका हुन् । डिस्चार्ज हुनेहरुमा ४ वर्ष र १० वर्षकी बालिका सहित २२ जना पुरुष र तीनजना महिला छन् ।

२५ जना मध्ये रुपन्देहीको गैडहवा गाउँपालिकाका एकै परिवारका तीन महिलासहित १० जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका ५ जना, सिद्धार्थ नगरपालिकाका एकजना छन् ।

यस्तै कपिलवस्तु नगरपालिका कपिलवस्तुका ४ जना, कपिलवस्तुकै विजयनगर गाउँपालिकाका एकजना, भारतीय नागरिक एकजना, नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाका एकजना र सुस्ता गाउपालिकाका दुई जना रहेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नवीन दर्नालले बताए ।

प्रदेश सरकारले कोरोना विशेष अस्थायी अस्पतालका रुपमा परिवर्तन गरेको भीम अस्पतालमा १४ दिन आइसोलेसनमा बसेपछि पछिल्लो २४ घण्टामा दुईपटकसम्म गरिएको पीसीआर परीक्षणमा सबैको नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज गरिएको डा. दर्नालले बताए ।

उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएकालाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे,अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले खादा लगाइदिएर पुष्पगुच्छा दिएर बिदाइ गरिएको मेडिकल सुपरिटेन्डेन्ट दर्नालले बताए ।

भर्ना भएका सबै कोरोना संक्रमित डिस्चार्ज भएपछि २५ बेड आइसोलेसन बेडमा नयाँ संक्रमित राख्न सकिने अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

प्रदेश ५ मा यसअघि बुटवलको धागो कारखानामा बनाइएको अस्पतालबाट दुईपटकमा १४ जना, नेपालगन्जको सुशील कोइराला क्यान्सर अस्पताबाट २१ जना र कपिलवस्तुकी एक नर्स पनि कोरोनालाई जितेर डिस्चार्ज भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...