पाकिस्तानमा ९७ जना रहेको विमान दुर्घटना



हाम्रो इकोनोमि

 

पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।

विमानमा ९७ जनाको रहेको आकलन छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले एयरलाइन्सले यात्रा अवधिभर विमानबाट सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको बताए । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताए । यो विमानको दुर्घटनाबारे स्वतन्त्र संस्थाले अनुसन्धान गर्ने उनले बताए ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...