पाकिस्तानमा ९७ जना रहेको विमान दुर्घटना



हाम्रो इकोनोमि

 

पाकिस्तानको कराँची विमानस्थलनजिकै पाकिस्तान इन्टरनेशनल एइरलाइन्स (पीआईए)को यात्रुवाहक विमान दुर्घटनामा परेको छ । पाकिस्तानी टेलिभिजन जियो टीभीका अनुसार जिन्नाह इन्टरनेशनल एयरपोर्टमा उक्त विमान ल्याण्ड हुनुभन्दा एक मिनेटपहिला दुर्घटनामा परेको हो ।

विमानमा ९७ जनाको रहेको आकलन छ । जसमध्ये ८५ जना यात्रु र १२ जना विमानमा चालक दलका सदस्य छन् । पाकिस्तानको नागरिक उड्डयन प्राधिकरणका अनुसार उक्त विमान लाहोरबाट आएको थियो । प्राधिकरणका अनुसार विमान एक मिनेटमा ल्याण्ड हुने अनुमान गरिएको अवस्थामा विमानसँगको सम्पर्क विच्छेद भएको थियो ।

समाचारमा बताइएअनुसार विमान दुर्घटनामा परेको स्थानमा धेरै घरहरुमा पनि क्षति पुगेको छ । अहिले उद्धारको काम जारी रहेको समाचारमा बताइएको छ । साँघुरो बाटो र मानिसको भिडको कारण उद्धारमा कठिनाइ भइरहेको बताइएको छ ।

पीआईएका प्रवक्ता अब्दुल्लाह हाफीजले एयरलाइन्सले यात्रा अवधिभर विमानबाट सूचना पाइरहेको र कुनै किसिमको समस्या नभएको बताए । उनले दुर्घटना हुनुमा केही प्राविधिक त्रुटि हुन सक्ने बताए । यो विमानको दुर्घटनाबारे स्वतन्त्र संस्थाले अनुसन्धान गर्ने उनले बताए ।

यस विषयमा विस्तृत विवरण आएपछि पत्रकार सम्मेलन गरेर यसको जानकारी दिने तयारी भइरहेको बताइएको छ । उद्धारमा खटिएका स्रोतले दिएको जानकारी अनुसार दुर्घटना भएको स्थलबाट अहिलेसम्म १५–२० जनाको उद्धार गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...