भारतमा एकै दिन १३१ को मृत्यु , संक्रमितको संख्या एक लाख नाघ्यो



 

छिमेकी देश भारतले लकडाउन, उच्च सुरक्षा सतर्कता र कोरोना परीक्षणलाई तीब्रता दिए पनि संक्रमित हुने र ज्यान गुमाउनेको संख्या भने दिनदिनै बढिरहेको छ ।

कारोना नियन्त्रणका सबै प्रयास जारी रहे पनि भारतमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ । हालसम्म भारतमा एक लाख ३२८ जना कोरोना संक्रमित रहेको वर्ल्डओमिटरले जनाएको छ ।

सोमबार भारतमा चार हजार ६३० जना नयाँ संक्रमित थपिएका छन् । कोरोना संक्रमणबाट भारतमा हालसम्म ३ हजार १५६ जनाको ज्यान गइसकेको छ । सोमबार मात्रै भारतमा १३१ जनाले कोरोना संक्रमणबाट ज्यान ज्यान गुमाएका छन् ।

आइतबार एकै दिन भारतमा पाँच हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका थिए । संक्रमितमध्ये अहिलेसम्म भारतमा ३९ हजार २३३ जना उपचारपछि निको भएका छन् ।
महामारीको रुपमा फैलिएको कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या विश्वभर ३ लाख १९ हजार ९ सय ६१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट विश्वभर ३ हजार ४४१ जनाले ज्यान गुमाएका छन् । गएको २४ घण्टामा मात्रै विश्वभर ८८ हजार ६६८ जना नयाँ संक्रमित थपिएका छन् ।

एकै दिन अमेरिकामा २२ हजार भन्दा धेरै, ब्राजिलमा १४ हजार भन्दा धेरै, रुसमा झण्डै ९ हजार नयाँ संक्रमित थपिएका छन् । संक्रमण नियन्त्रणमा आएको चीनमा पनि सोमबार सात जना नयाँ संक्रमित थपिएका वर्ल्डओमिटरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
अमेरिका विश्वबाट एक्लिने ट्रम्पलाई सीको चेतावनी

    चीनिया राष्ट्रपति सी जीन पिङले अमेरिकाप्रति लक्षित गर्दै भन्सार दस्तूर बढाउने

प्रसाईंलाई १२ दिन हिरासतमा राख्न अदालतको अनुमति

    मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई १२ दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौंले

पहिलो पटकमै दरबारियाहरू निस्तेज भए : उपप्रधानमन्त्री पौडेल

    नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले व्यवस्थाको कमजोरीलाई छोपेर प्रतिगामी तत्वहरूले टाउको

नेपाल शिक्षक महासंघको आन्दोलन १०औं दिनपनि जारी

    नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलन १०औं दिन पनि जारी छ