खाद्य सामग्रीको मूल्यवृद्धि उच्च, काठमाडौंमा सबैभन्दा बढी महँगो



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको सन्त्रासका बीच खाद्य सामग्रीमा उल्लेख्य मूल्यवृद्धि भएको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७६/७७ को ९ महिना (साउन-चैत)सम्मको आँकडाअनुसार खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.६८ प्रतिशत पुगेको छ ।

यस अवधिमा औसतः मूल्यवृद्धि भने ६.७४ प्रतिशत रहेको छ । समग्र मूल्य वृद्धिदरलाई नियन्त्रणभित्र राख्न गैरखाद्य तथा सेवा समूहले सहयोग गरेको हो । यी समूहको मुद्रास्फीति ४.४८ प्रतिशत देखिएको छ ।

नेपाल राष्ट्र बैङ्कले नेपालीको भान्सामा प्रयोग हुने सबैजसो खाद्यवस्तुको मूल्य वृद्धिदर उच्च रहेको छ । तरकारी, फलफूल, मसला र दाल तथा गेडागुडीको मूल्यवृद्धि उच्च देखिएको छ । यसअवधिमा गैरखाद्य तथा सेवासमूहतर्फ शिक्षा, स्वास्थ्य, लुगा तथा जुत्ता उपसमूहको मुल्यवृद्धि सामान्य देखिएको छ ।

सबैभन्दा बढी मूल्यवृद्धि काठमाडौंमा

राष्ट्र बैङ्कका अनुसार काठमाडौं उपत्यकामा सबैभन्दा बढी मूल्यवृद्धि भएको छ । यस अवधिमा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशतको मूल्यवृद्धि भएको छ । तराईमा ७.०४, पहाडमा ५.८४ र हिमालमा ४.८३ प्रतिशतको मूल्यवृद्धि भएको छ ।

अघिल्लो आर्थिक वर्ष २०७५/७६ को चैतसम्म यी क्षेत्रमा क्रमशः ४.७४, ३.९५, ४.८० र ६.२० प्रतिशतको मूल्यवृद्धि रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...