अब सचिवालय विघटन हुनुपर्छ : जनार्दन शर्मा



हाम्रो इकोनोमि

 

स्थायी कमिटीको बैठक माग गर्ने २० नेता मध्येका एक जनार्दन शर्माले नेकपाको सचिवालयमा स्वार्थहरुको गठजोड भएकाले अब सचिवालय विघटन हुनुपर्ने माग गरे । सचिवालय विघटन गरेर सबै अधिकार स्थायी कमिटीमा ल्याउन पहलसमेत थालिने शर्माले बताए ।

‘यो सचिवालयले अब काम गर्न, निर्णय गर्न सक्दैन, यो असक्षम भइसक्यो । अब सबै निर्णय स्थायी समितिबाट हुनुपर्छ । सचिवालय विघटन हुनुपर्छ’ शर्माले भने, ‘यहाँ प्रहसन मात्रै गर्ने भए । कम्युनिस्ट पार्टीको सचिवालयमा प्रहसन भइरहेको छ, यो प्रहसन बन्द गर्नुपर्छ । अब स्थायी समितिबाटै सबै निर्णय गर्ने गरियो भने समस्या समाधान हुन्छ ।’

सचिवालयका नेताहरु स्वार्थको गठजोडमा मात्रै लागेको र जनताको समस्यामा ध्यान नदिएको शर्माको आरोप छ । उनी भन्छन्, ‘सचिवालयमा स्वार्थहरुको गठजोड छ । पार्टी, जनता र आन्दोलनप्रति चिन्ता गर्ने भन्दा पनि स्वार्थहरुको गठजोड भएको हुनाले कोही कहिले भाग्ने, कोही कहिले कता लाग्ने भइराखेको छ । यो प्रहसन अब सैह्य हुँदैन ।’

प्रचण्ड निकट नेता शर्माले अगाडि भने, ‘अब सचिवालय विघटन गरी स्थायी समितिमा सबै अधिकार राखेर स्थायी समितिले निर्णय गर्ने परिपाटी अब हामी मिलाउँछौं । हामी अब त्यसको पहल गर्छौं । अब जानैपर्ने त्यतै हो ।’

प्रतिक्रिया दिनुहोस
पूर्णबहादुरलाई कारबाही गर्ने गगनको तयारी

    पार्टीको समानान्तर गतिविधिमा सक्रिय रहेको आरोपमा कांग्रेसले पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

गगनलाई देउवा कांग्रेसको यस्तो चेतावनी

     नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औं महाधिवेशन र क्रियाशील...

देश त लंका बनिसकेछ : गोकुल बास्कोटा

    नेकपा एमालेका नेता गोकुल बास्कोटाले प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरणले देश...

वाणिज्य बैंकहरूले वैशाखका लागि घटाए ब्याज

. वाणिज्य बैंकहरूले वैशाख महिनाका लागि पनि ब्याजदर केही घटाएका छन् । उच्च...