पानीजहाज कार्यालयलाई किन चाहियो १ करोड ४४ लाखको गाडी



हाम्रो इकोनोमि

 

काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेजस्तो अहिलेसम्म कुनै काम नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा खुलेको पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी किन्नका लागि बोलपत्र मूल्यांकनपछि आपूर्तिकर्ता छनौट गरेको छ ।

मुलुकमा कोरोना भाइरस महामारीका कारण सरकारलाई स्रोत जुटाउन दबाब परिरहेको छ । संसद्को अर्थ समितिले खर्चमा मितव्ययिता अपनाउन र फजुल खर्च कटौती गर्न निर्देशन दिएको दुई दिन पनि नबित्दै पानी जहाज कार्यालयले आपूर्तिकर्तासँग सम्झौता गर्न लागेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको महामारीसँगै सरकारलाई स्रोतको दबाब परेको भन्दै उद्यम, व्यवसायको पुनः स्थापनाका लागि सरकारकै मात्र मुख ताक्ने भए कर बढाउने बताउँदै आएका छन् ।

सार्वजनिक खर्च प्रणाली पुनरावलोकन आयोगले सरकारलई अनावश्यक रुपमा सिर्जना गरिएका र राज्यकोषमा भार पारिरहेका आयोग, प्राधिकरण, बोर्डहरु खारेज गर्न सरकारलाई सिफारिश गरेको छ । पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे पानी जहाज कार्यालयले गाडी किन्ने विषय मात्र औचित्यहीन नभइ पानी जहाज कार्यालय नै औचित्यहीन भएकाले यसलाई खारेज गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...