पानीजहाज कार्यालयलाई किन चाहियो १ करोड ४४ लाखको गाडी



हाम्रो इकोनोमि

 

काम कुरो एकातिर कुम्लोबोकी ठिमीतिर भनेजस्तो अहिलेसम्म कुनै काम नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीको लहडमा खुलेको पानी जहाज कार्यालयले एक करोड ४३ लाख ९८ हजार रुपैयाँको गाडी किन्नका लागि बोलपत्र मूल्यांकनपछि आपूर्तिकर्ता छनौट गरेको छ ।

मुलुकमा कोरोना भाइरस महामारीका कारण सरकारलाई स्रोत जुटाउन दबाब परिरहेको छ । संसद्को अर्थ समितिले खर्चमा मितव्ययिता अपनाउन र फजुल खर्च कटौती गर्न निर्देशन दिएको दुई दिन पनि नबित्दै पानी जहाज कार्यालयले आपूर्तिकर्तासँग सम्झौता गर्न लागेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरसको महामारीसँगै सरकारलाई स्रोतको दबाब परेको भन्दै उद्यम, व्यवसायको पुनः स्थापनाका लागि सरकारकै मात्र मुख ताक्ने भए कर बढाउने बताउँदै आएका छन् ।

सार्वजनिक खर्च प्रणाली पुनरावलोकन आयोगले सरकारलई अनावश्यक रुपमा सिर्जना गरिएका र राज्यकोषमा भार पारिरहेका आयोग, प्राधिकरण, बोर्डहरु खारेज गर्न सरकारलाई सिफारिश गरेको छ । पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डे पानी जहाज कार्यालयले गाडी किन्ने विषय मात्र औचित्यहीन नभइ पानी जहाज कार्यालय नै औचित्यहीन भएकाले यसलाई खारेज गर्नुपर्ने बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...