नेकपा सचिवालय बैठकमा विवाद, प्रधानमन्त्री ओली बाहिर निस्किए



हाम्रो इकोनोमि

 

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक बालुवाटारमा बसिरहेको छ । तर प्रधानमन्त्री केपी शर्मा ओली भने बैठकमा छैनन् ।

बैठकमा एक व्यक्ति एक पदका विषयमा विवाद भएपछि प्रधानमन्त्री ओली बैठकबाट बाहिरिएको बताइएको छ। बिहीबार बस्ने स्थायी कमिटी बैठकका एजेन्डा तय गर्न सचिवालयको बैठक प्रधानमन्त्री निवास वालुवाटारमा बसेको हो।

‘सचिवालय बैठक चलिरहेकै समयमा प्रधानमन्त्री बीचमै उठेर हिड्नुभएको छ, उहाँ उठेर हिँडे पनि बैठक भने जारी छ, अन्य नेताहरु भित्रै हुनुहुन्छ’ सचिवालय स्रोतले भन्यो।

गत शनिबार बसेको सचिवालय बैठकले पार्टीभित्र देखिएको विवाद समाधानका लागि एक व्यक्ति एक जिम्मेवारीमा सहमति गरेको थियो।

उक्त बैठकमा एक व्यक्ति एक मुख्य जिम्मेवारीमा सहमत भई कमजोरीप्रति आत्मालोचनासमेत गरेका प्रधानमन्त्री ओलीले त्यसपछि भने सो सहमतिको विपक्षमा देखिँदै आएका थिए।

भोलि स्थायी कमिटी बैठक वोलाइएको छ । बैठक सुरु हुँदा सहभागी भएका उनी आराम गर्न भन्दै बैठकबाट बाहिरिएको स्रोतले बताएको छ । ‘उहाँ जानकारी गराएर बैठकबाट बाहिरिनु भएको हो’ नेकपा स्रोतले भन्यो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...