१५ वर्षीया बालिकामाथि करणी, ५८ वर्षीय तामाङ पक्राउ



हाम्रो इकोनोमि

 

चितवनको राप्ती नगरपालिकामा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राप्ती १ की १५ वर्षीया बालिकालाई स्थानीय ५८ वर्षीय रामबहादुर तामाङले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तामाङलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । सो घटना वैशाख ९ गते राप्ती खोला ड्याममा सिसौघारीमा भएको थियो ।

घटना भएको १० दिनपछि मात्रै करणी भएको घटना बाहिर आएको हो । घटना भएको पाँच दिन पछि मात्रै प्रहरीमा निवेदन परेको थियो । वैशाख १३ गते निवेदन परेको र सोही दिन पीडकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगरले बताए ।

तामाङलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...