१५ वर्षीया बालिकामाथि करणी, ५८ वर्षीय तामाङ पक्राउ



हाम्रो इकोनोमि

 

चितवनको राप्ती नगरपालिकामा एक बालिकामाथि जवरजस्ती करणी भएको छ । राप्ती १ की १५ वर्षीया बालिकालाई स्थानीय ५८ वर्षीय रामबहादुर तामाङले जवरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न तामाङलाई पक्राउ गरि थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय खैरहनीका प्रहरी निरीक्षक ऋषिराम घर्ती मगरले जानकारी दिए । सो घटना वैशाख ९ गते राप्ती खोला ड्याममा सिसौघारीमा भएको थियो ।

घटना भएको १० दिनपछि मात्रै करणी भएको घटना बाहिर आएको हो । घटना भएको पाँच दिन पछि मात्रै प्रहरीमा निवेदन परेको थियो । वैशाख १३ गते निवेदन परेको र सोही दिन पीडकलाई पक्राउ गरिएको प्रहरी निरीक्षक मगरले बताए ।

तामाङलाई अदालतबाट म्याद थप गरि थप अनुसन्धान भईरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...