अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो



हाम्रो इकोनोमि

 

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो ।

जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो । योसहित त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार ९ सय पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजारभन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वको सबैभन्दा बढी मानिसको मृत्यु भएपनि ह्वाइट हाउसले युरोपेली देशहरुको तुलनामा अमेरिकामा मृत्युदर अझै पनि कम रहेको दाबी गर्दै आएको छ । अमेरिकाको जनसंख्या अहिले ३३ करोड रहेको छ ।

अमेरिकाको जर्जिया, आलास्का, ओक्लाहोमालगायत केही राज्यमा शुक्रबारदेखि नै पसलहरु खोल्न थालिएको छ । कोरोना भाइरसको संक्रमण हुने र मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । यद्यपि यहाँका जनसंख्या पनि धेरै रहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका कोभिड १९ टास्क फोर्सका विज्ञ डा.डेबोर ब्रिक्सका अनुसार अमेरिकामा कोभिड-१९ को मृत्युदर विश्वका अरु देशको तुलनामा कम छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...