अमेरिकामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो



हाम्रो इकोनोमि

 

अमेरिकामा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ३ हजारभन्दा बढीको संक्रमणबाट मृत्यु भएको पुष्टि भएसँगै मर्नेको संख्या ५० हजार नाघेको हो ।

जोन्स हपकिन्स विश्वविद्यालयको रेकर्डअनुसार पछिल्लो २४ घण्टामा त्यहाँ ३ हजार बढीको मृत्यु भएको थियो । योसहित त्यहाँ मृत्यु हुनेको संख्या ५० हजार ९ सय पुगेको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या ८ लाख ७० हजारभन्दा बढी पुगेको छ । कोरोना संक्रमणबाट विश्वको सबैभन्दा बढी मानिसको मृत्यु भएपनि ह्वाइट हाउसले युरोपेली देशहरुको तुलनामा अमेरिकामा मृत्युदर अझै पनि कम रहेको दाबी गर्दै आएको छ । अमेरिकाको जनसंख्या अहिले ३३ करोड रहेको छ ।

अमेरिकाको जर्जिया, आलास्का, ओक्लाहोमालगायत केही राज्यमा शुक्रबारदेखि नै पसलहरु खोल्न थालिएको छ । कोरोना भाइरसको संक्रमण हुने र मृत्यु हुनेमा अमेरिका पहिलो नम्बरमा रहेको छ । यद्यपि यहाँका जनसंख्या पनि धेरै रहेको छ ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइटहाउसका कोभिड १९ टास्क फोर्सका विज्ञ डा.डेबोर ब्रिक्सका अनुसार अमेरिकामा कोभिड-१९ को मृत्युदर विश्वका अरु देशको तुलनामा कम छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...