कोरोनाबाट विश्वरभर १ लाख ९० हजार बढीको मृत्यु, २७ लाखबढी संक्रमित



हाम्रो इकोनोमि

 

विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ज्यान गुमाउनेको संख्या एक लाख ९० हजार नाघेको छ भने, संक्रमितको संख्या २७ लाख नाघेको छ ।

अमेरिकाको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार विश्वभर कोरोना भाइर संक्रमितको संख्या २७ लाख तीन हजार छ सय १५ पुगेको छ भने, विश्वभर कोरोना भाइरस संक्रमणका कारण १ लाख ९० हजार चार सय ९० जनाको मृत्यु भएको छ । जसमा अमेरिकामा मात्र ४९ हजार ८ सय जनाको मृत्यु भएको छ ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा ८ लाख ४५ हजार रहेको छ । विश्वभर अहिलेसम्म ७ लाख ३८ हजार जना निको भएर घर फर्किएका छन् । अमेरिकामा ८० हजार जना निको भएका छन् । अमेरिकापछि बढी प्रभावित इटलीमा मृतक संख्या २५ हजार ५ सय ४९ जनाको मृत्यु भएको छ भने १ लाख ९० हजार जना संक्रमित भएका छन् । स्पेनमा संक्रमित संख्या २ लाख १३ हजार छ भने मृतक संख्या २२ हजार १ सय ५७ रहेको छ ।

फ्रान्समा १ लाख ५९ हजार एक सय ६० जना संक्रमित भएका छन् भने २१ हजार ८ सय ५६ जनाको मृत्यु भएको छ । बेलायतमा १ लाख ३९ हजार संक्रमित छन् भने १८ हजार ७ सय ३८ जनाको मृत्यु भएको छ ।

त्यसैगरी ब्राजिलमा बिहीबार ४ सय ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। त्यहाँ संक्रमितको संख्या झण्डै ५० हजार पुगेको छ। त्यसैगरी बिहीबार जर्मनीमा २६०, बेल्जियममा २२८, टर्कीमा ११५, क्यानाडामा १७३, मेक्सिकोमा ११३, नेदरल्यान्डमा १२३, इरानमा ९० र स्वीडेनमा ८४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

हाम्रो छिमेकी देश भारतमा गएको २४ घन्टामा ४० जनाले ज्यान गुमाएका छन्। त्यहाँ अहिलेसम्म मृतकको संख्या ७ सय २१ पुगेको छ भने संक्रमित २३ हजार ३९ पुगेका छन्। त्यहाँ बिहीबार एकै दिन १६ सय ६९ जना नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...