कोरोनाको संक्रमणबाट मृत्यु हुने संख्या १ लाख ८४ हजार नाघ्यो



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको ज्यान गएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको छ ।

यो कोरोना संक्रमण फैलिएका देशमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो । गत २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३०० भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा मात्रै आजसम्म ८ लाख ४८ हजार ९९४ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । यसमध्ये १४ हजारको अवस्था गम्भीर रहेको छ ।

इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८ हजार १०० ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...