कोरोनाको संक्रमणबाट मृत्यु हुने संख्या १ लाख ८४ हजार नाघ्यो



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार नाघेको छ । आज बिहानसम्म कोरोना भाइरसको संक्रमणबाट विश्वभरमा ज्यान गुमाउनेको संख्या १ लाख ८४ हजार २१७ पुगेको छ ।

कोरोना भाइरसका कारण अमेरिकामा मात्रै ४७ हजार भन्दा धेरैको ज्यान गएको छ । आज विहानसम्म अमेरिकामा कोरोनाको संक्रमणका कारण मृत्यु हुनेको संख्या ४७ हजार ६७६ पुगेको छ ।

यो कोरोना संक्रमण फैलिएका देशमा ज्यान गुमाउनेको संख्या सबैभन्दा धेरै हो । गत २४ घण्टामा मात्रै अमेरिकामा २ हजार ३०० भन्दा धेरैको ज्यान गएको छ ।

अमेरिकामा मात्रै आजसम्म ८ लाख ४८ हजार ९९४ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । यसमध्ये १४ हजारको अवस्था गम्भीर रहेको छ ।

इटलीमा २५ हजार ८५, स्पेनमा २१ हजार ७१७, फ्रान्समा २१ हजार ३४० तथा बेलायतमा १८ हजार १०० ले कोरोनाका कारण ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...