भारतमा कोरोनाबाट ५४३ को मृत्यु , १७ हजार बढी संक्रमित



हाम्रो इकोनोमि

 

भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय २३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ६३, दिल्लीमा ४५ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ८४ पुगेको छ भने १७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ९३ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा दुई हजार पाँच सय ४७ संक्रमित निको भइसकेका छन् ।

विश्वभर  ६ लाखभन्दा बढी संक्रमित निको भए

विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ६ लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।

निको हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा अहिलेसम्म ८८ हजार कोरोना भाइरसका बिरामीहरु निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् । स्पेनमा पनि सोही हाराहारीमा संक्रमितहरु निको भइसकेका छन् । अमेरिकामा पनि ७० हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वभर समग्र संक्रमितको संख्या भने २४ लाख दुई हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी सात लाख ५८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा एक लाख ९८ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने इटालीमा एक लाख ७८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ६५ हजार नाघेको छ । अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघिसकेको छ भने इटालीमा २३ तथा स्पेनमा २० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...