भारतमा कोरोनाबाट ५४३ को मृत्यु , १७ हजार बढी संक्रमित



हाम्रो इकोनोमि

 

भारतमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १७ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसबाट १७ हजार दुई सय ६५ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक हजार पाँच सय ५३ जना नयाँ संक्रमित थपिएका हुन् ।

त्यस्तै भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि पाँच सय ४३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा यो भाइरसको कारण ३५ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म दुई सय २३ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । त्यस्तै मध्यप्रदेशमा ७०, गुजरातमा ६३, दिल्लीमा ४५ जनाको मृत्यु भएको छ । भारतको उत्तर प्रदेशमा संक्रमित हुनेको संख्या एक हजार ८४ पुगेको छ भने १७ जनाको मृत्यु भइसकेको छ । त्यस्तै बिहारमा ९३ संक्रमित देखिएका छन् भने दुईजनाको मृत्यु भइसकेको छ । अहिलेसम्म भारतमा दुई हजार पाँच सय ४७ संक्रमित निको भइसकेका छन् ।

विश्वभर  ६ लाखभन्दा बढी संक्रमित निको भए

विश्वभर कोरोना भाइरस (कोभिड–१९) का ६ लाखभन्दा बढी संक्रमित निको भएका छन् । जोन्स हप्किन्स युनिभर्सिटीका अनुसार अहिलेसम्म विश्वभर ६ लाख १६ हजार एक सय ९३ संक्रमित निको भएर घर फर्किएका छन् ।

निको हुनेमा सबैभन्दा अगाडि जर्मनी छ । जर्मनीमा अहिलेसम्म ८८ हजार कोरोना भाइरसका बिरामीहरु निको भइसकेका छन् । त्यस्तै चीनमा ७७ हजारभन्दा धेरै मानिसहरु निको भएर घर फर्किएका छन् । स्पेनमा पनि सोही हाराहारीमा संक्रमितहरु निको भइसकेका छन् । अमेरिकामा पनि ७० हजारभन्दा धेरै संक्रमित निको भएका छन् ।

अहिलेसम्म विश्वभर समग्र संक्रमितको संख्या भने २४ लाख दुई हजार नाघेको छ । अमेरिकामा सबैभन्दा बढी सात लाख ५८ हजारभन्दा बढी मानिसमा यसको संक्रमण देखिएको छ । त्यस्तै स्पेनमा एक लाख ९८ हजारभन्दा बढी संक्रमित देखिएका छन् भने इटालीमा एक लाख ७८ हजारभन्दा धेरै संक्रमित देखिएका छन् ।

कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि एक लाख ६५ हजार नाघेको छ । अमेरिकामा यो भाइरसबाट मृत्यु हुनेको संख्या ४० हजार नाघिसकेको छ भने इटालीमा २३ तथा स्पेनमा २० हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...