विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या ५३ हजार, संक्रमित १० लाख बढी



हाम्रो इकोनोमि

 

विश्वभर महामारीका रुपमा फैलिएको नोबेल कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५३ हजार पुगेको छ भने १० हजारभन्दा बढी मानिसहरु संक्रमित बनेका पुष्टी भएको छ । चीनको बुहान फैलिएको कोरोना पछिल्लो समय युरोप र अमेरिका कोरोनाको इपिसेन्टर बनेको छ ।

विश्वभर हालसम्म १० लाख १४ हजार ३८६ जनामा संक्रमण पुष्टि भइसकेको छ भने ५३ हजार १५८ जनाको विश्वभर कोरोना भाइरसका कारण मृत्यु भएको छ । सवैभन्दा बढी मृत्यु इटालीमा भएको छ भने सवैभन्दा बढी संक्रमित अमेरिकामा रहेका छन् । पछिल्लो २४ घण्टामा अमेरिकामा ९६० जनाको मृत्यु भएको छ । अमेरिकामा ६ हजार ६२ जनाको मृत्यु भइसकेको छ । दुई लाख ४४ हजार ३२० संक्रमित रहेका छन् । दिन प्रतिदिन संक्रमितको संख्या पनि बढ्न थालेका छन् ।

स्पेनमा पनि मृत्यु हुनेको संख्या १० हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९६१ जनाले ज्यान गुमाएका छन् । स्पेनमा कुल मृत्यु हुनेको संख्या १० हजार ३४८ पुगेको छ । स्पेनमा कुल संक्रमित हुनेको संख्या एक लाख १२ हजार ६५ रहेको छ ।

इटालीमा नयाँ संक्रमितको संख्या कम हुँदै गएको थियो । पछिल्लो २४ घण्टामा चार हजार ६६८ संक्रमित थपिएपछि इटालीमा कुल संक्रमितको संख्या एक लाख १५ हजार २४२ पुगेको छ । इटालीमा कुल ज्यान गुमाउनेको संख्या १३ हजार ९१५ पुगको छ ।

जर्मनीमा कुल संक्रमित ८४ हजार ७९४ तथा मृत्यु हुनेको संख्या ११ सय सात पुगेको छ । फ्रान्समा संक्रमित ५९ हजार १०५, मृत्यु हुने पाँच हजार ३८७ पुगेका छन् । यस्तै इरानमा संक्रमितको संख्या ५० हजार ४६८ तथा मृत्यु हुनेको संख्या ३१ सय ६० र बेलायतमा संक्रमितको संख्या ३३ हजार ७१८ तथा मृत्यु हुनेको संख्या २९ सय २१ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...