डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो



हाम्रो इकोनोमि

 

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घटेको हो । बुधबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

आन्तरिक उडान तर्फको हवाई ईन्धन प्रतिलिटर १५रुपैयाँले घटेर ७५रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ । यस्तै बाह्यतर्फ हवाई इन्धनको प्रतिलिटर मूल्य भने अमेरिकी डलर ०.९५ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको हालको मूल्य यथावत नै राखिएको छ । विश्व बजारमा तेलको मूल्यमा आएको गिरावटसँगै इन्धनको मूल्यमा कटौती गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अहिले विश्व बजारका कच्चा तेलको भाउ १८ वर्ष यताकै सस्तो छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...