डिजेल र मट्टितेलको मूल्य १० रुपैयाँ घट्यो



हाम्रो इकोनोमि

 

पेट्रोलियम पदार्थको मूल्य घटेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १०–१० रुपैयाँले घटेको हो । बुधबार बसेको नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले १०–१० रुपैयाँ घटाउने निर्णय गरेको हो । अब पेट्रोल ९६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८५ रुपैयाँ प्रतिलिटर भएको छ ।

काठमाडौंको लागि पेट्रोलको खुद्रा विक्री मूल्य ९६ रुपैयाँ कायम भएको छ भने र डिजेल र मटितेलको खुद्रा विक्री मूल्य ८५ रुपैयाँ प्रतिलिटरमा झरेको छ ।

आन्तरिक उडान तर्फको हवाई ईन्धन प्रतिलिटर १५रुपैयाँले घटेर ७५रुपैयाँ प्रतिलिटर मूल्य कायम भएको छ । यस्तै बाह्यतर्फ हवाई इन्धनको प्रतिलिटर मूल्य भने अमेरिकी डलर ०.९५ प्रतिलिटर कायम गरिएको निगमले जनाएको छ ।

एलपी ग्यासको हालको मूल्य यथावत नै राखिएको छ । विश्व बजारमा तेलको मूल्यमा आएको गिरावटसँगै इन्धनको मूल्यमा कटौती गरिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए । अहिले विश्व बजारका कच्चा तेलको भाउ १८ वर्ष यताकै सस्तो छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...