अमेरिकामा एकैदिन ५ सय बढीको मृत्यु, विश्वभर ६ लाख ६२ संक्रमित



हाम्रो इकोनोमि

 

अमेरिकामा पनि पछिल्लो २४ घण्टामा संक्रमित र मृत्यु हुनेको संख्या बढेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा ५१५ जनाको मृत्यु भएको छ भने थप १९ हजार ३ सय २ जनामा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ भने संक्रमितको सख्या एक लाख २३ हजार नाघेको छ । विश्वमै सबैभन्दा धेरै कोरोना संक्रमित भएको अमेरिकाले शुक्रबार मात्रै २० खर्बको राहत प्याकेज घोषणा गरेको छ ।

अमेरिकाका विभिन्न राज्यका गभर्नरले पर्याप्त मेडिकल उपकरण तथा औषधि नभएकाले स्थिति अझ भयावह बन्‍न सक्ने चेतावनी दिँदै आएका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा पनि थप ८४४ जनाको मृत्यु भएको छ भने थप ७ हजार ५ सयभन्दा बढीमा संक्रमण देखिएको छ । आइतबार बिहानसम्म स्पेनमा मृत्यु हुनेको संख्या ५ हजार ९ सय ८२ पुगेको छ भने संक्रमितको संख्या ७३ हजार २ सय ३५ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा फ्रान्समा ३२४, बेलायतमा २६०, इरानमा १३९, जर्मनीमा ८२,नेदरल्यान्ड्समा ९३, बेल्जियममा ६४ र स्विजरल्यान्डमा ३३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी थप ३ हजार ५ सय ६ जनाको मृत्यु भएको छ भने ६६ हजारभन्दा बढी संक्रमित भएका छन् ।

विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ३० हजार ८ सय ५० जनाको मृत्यु भइसकेको छ । त्यस्तै ६ लाख ६२ हजारभन्दा बढी संक्रमित भएका छन् भने करिब एक लाख ४२ हजार निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो

    नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान...

  नेतृत्व चयनका लागि एमालेको मतदान शुरू

     नेकपा एमालेको नेतृत्व चयनका लागि मतदान शुरू भएको छ । अध्यक्षका...

ओली समूहको फाइनल प्यानल यस्तो बन्यो

ओली समूहले पनि आफू पक्षीय उम्मेदवारहरूको छुट्टै सूची पनि सार्वजनिक गरेको छ ।...

यस्तो छ ईश्वर पोखरेल प्यानल सूची

  नेकपा एमालेको अध्यक्षमा उम्मेदवारी दिनुभएका ईश्वर पोखरेल समूहले आफ्नोतर्फको प्यानल तयार पारेको...