न्यूयोर्कमा क्वारेन्टाइन बनाउने अमेरिकाको तयारी



 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण रोकथामका लागि न्यूयोर्कबासीलाई क्वारेन्टाइनमा राख्नेबारे विचार गरिरहेको बताएका छन् ।

संक्रमणको केन्द्र न्यूयोर्कमा भएकाले कम्तिमा दुई हप्ताका लागि क्वारेन्टाइनमा राख्नेबारे सोचिरहेको उनले बताएका हुन् । ट्रम्पले पत्रकारहरुसँग भनेका छन्, ‘न्यूयोर्कका अलावा न्यूजर्सी र अन्य केही स्थानलाई पनि क्वारेन्टाइनमा राख्न सकिन्छ । क्वारेन्टाइनमा राख्न जरुरी भइसकेको छ ।’

लकडाउन गर्न न्यूयोर्कका गभर्नर असहमत

न्यूयोर्क राज्यमा ५२ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भइसकेको छ । यसैबीच, न्यूयोर्कका गभर्नर एन्ड्र’ क्योमोले न्यूयोर्कलाई क्वारेन्टाइनमा राख्ने राष्ट्रपति ट्रम्पको प्रस्तावमा आफू सहमत रहेको बताएका छन् । तर, लकडाउन गर्न भने नसकिने उनले बताएका छन् ।

सीएनएनसँग कुरा गर्दै उनले ‘न्यूयोर्क त पहिलेदेखि नै लगभग क्वारेन्टाइनमै छ । यहाँ कुनै कार्यक्रमहरु भएका छैनन् । मानिसहरुको भीड पनि जम्मा भएको छैन । यदि मानिसहरुलाई घरबाट बाहिर निस्कन रोक लगाइयो भने त्यो लकडाउन हुन्छ । लकडाउन भयो भने हामी पनि चीनको वुहान जस्तो हुन्छौं । त्यसैले लकडाउन गर्नुहुँदैन ।’

क्योमोले लकडाउन गर्ने सोच अमेरिका विरोधि र अर्थव्यवस्थामा खतरा भनेका छन् । उनले भनेका छन्, ‘लकडाउन गर्नु युद्धको घोषणा गरेजस्तो हुन्छ । यसमा म सहमत हुँदैन ।’

चीनको वुहानबाट सुरु भएको कोरोना संक्रमण अहिले अमेरिकामा तीब्र रुपमा फैलिएको छ । अमेरिकामा हालसम्म एक लाख २३ हजार जनाभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । गत २४ घण्टामा १९ हजार ३ सय नयाँ संक्रमित थपिएका छन् । अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार २ सय ११ पुगेको छ ।

ट्रम्प प्रशासनको सुस्त कार्यशैली र जनताको लापरवाहीका कारण अमेरिकालाई कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण टाउको दुखाईको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस
ट्र्याक्टर दुर्घटनामा चालकसहित चार जनाको मृत्यु

    कालीकोटमा ट्र्याक्टर दुर्घटना चार जनाको मृत्यु भएको छ । पलाँता गाउँपालिका–९

राप्रपा महामन्त्री धवलशमशेर हाजिर जमानीमा रिहा

     राप्रपा महामन्त्री धवलशमशेर राणा हाजिर जमानीमा रिहा भएका छन् । चैत

रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको निवेदन सर्वोच्चमा दर्ता

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै रास्वपा सभापति एवम पूर्व उपप्रधान तथा

पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई पार्टीमा ढोका खुला छ : प्रचण्ड

    नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वराष्ट्रपति र उपराष्ट्रपतिलाई राजनीतिमा