यि हुन् कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमणमा परेका देशहरु



हाम्रो इकोनोमि

 

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ ।

पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ ।

हालसम्म कोरोना भाइरसको सवैभन्दा बढी संक्रमण देखिएका मुलुकहरुको सूचीमा क्रमशः चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स लगायत रहेका छन् । यी मुलुकहरुमा १० हजार भन्दा बढी संक्रमित रहेका छन् ।

सबैभन्दा बढी संक्रमित चीनमा ८१ हजार ५४ पुगेको छ ।  चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ६१ पुगेको छ ।

इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

अहिले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४८  पुगेको छ भने संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार ६४ पुगेको छ । सङ्क्रमित ३ लाख ८ हजार २ सय २७ मध्ये अहिलेसम्म १३ हजार ६४ जनाको ज्यान गएको छ । ९५ हजार ८ सय २६ जना उपचारपछि घर फर्किएका छन्।

त्यसैगरी स्पेनमा २५ हजार ४ सय ९६ संक्रमित भएका छन् भने १ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

इरानमा १५ सय ५६ ले ज्यान गुमाएका छन् भने २० हजार ६ सय १० जना संक्रमित रहेका छन् ।

जर्मनीमा हालसम्म ८४ जनाले ज्यनज गुमाएका छन् भने २२ हजार ३ सय ६४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...