यि हुन् कोरोना भाइरसबाट सबैभन्दा बढी संक्रमणमा परेका देशहरु



हाम्रो इकोनोमि

 

चीनको वुहानबाट शुरु भएको कोरोना भाइरस (कोभिड-१९)को संक्रमण हाल विश्वका १ सय ८८ मुलुकमा फैलिएको छ ।

पछिल्लो समय चीनमा कोरोनाको संक्रमण न्यून देखिएका बेला युरोपियन मुलुकमा यसको प्रभाव महामारीका रुपमा देखिएको छ ।

हालसम्म कोरोना भाइरसको सवैभन्दा बढी संक्रमण देखिएका मुलुकहरुको सूचीमा क्रमशः चीन, इटाली, अमेरिका, स्पेन, जर्मनी, इरान, फ्रान्स लगायत रहेका छन् । यी मुलुकहरुमा १० हजार भन्दा बढी संक्रमित रहेका छन् ।

सबैभन्दा बढी संक्रमित चीनमा ८१ हजार ५४ पुगेको छ ।  चीनमा हालसम्म ज्यान गुमाउनेको संख्या ३ हजार २ सय ६१ पुगेको छ ।

इटालीमा हालसम्म ५३ हजार ५ सय ७८ पुगेको छ । इटालीमा हालसम्म ४ हजार ८ सय २५ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २८ सय ५७ जनाको अवस्था गम्भीर रहेकाे छ भने ६ हजार ७२ जना निको भएर घर फर्किएका छन् ।

अहिले चीनको वुहानबाट शुरु भएको कोरोना भाइरसको संक्रमण सवैभन्दा बढी इटाली र त्यसपछि अमेरिकामा संक्रमणको जोखिम बढेको छ

अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३ सय ४८  पुगेको छ भने संक्रमितको संख्या २६ हजार ८ सय ५९ पुगेको छ ।

कोरोनाका कारण अहिलेसम्म विश्वभर ज्यान गुमाउनेको संख्या १३ हजार ६४ पुगेको छ । सङ्क्रमित ३ लाख ८ हजार २ सय २७ मध्ये अहिलेसम्म १३ हजार ६४ जनाको ज्यान गएको छ । ९५ हजार ८ सय २६ जना उपचारपछि घर फर्किएका छन्।

त्यसैगरी स्पेनमा २५ हजार ४ सय ९६ संक्रमित भएका छन् भने १ हजार ३ सय ७८ जनाले ज्यान गुमाएका छन् ।

इरानमा १५ सय ५६ ले ज्यान गुमाएका छन् भने २० हजार ६ सय १० जना संक्रमित रहेका छन् ।

जर्मनीमा हालसम्म ८४ जनाले ज्यनज गुमाएका छन् भने २२ हजार ३ सय ६४ जना संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...