कोरोना भाइरसले मृत्यु हुनेको संख्या चीनमा भन्दा इटालीमा धेरै



हाम्रो इकोनोमि

 

 

कोरोना (कोभिड–१९) को उद्गमस्थल मानिने चीनमा भन्दा इटलीमा बढी मानिसको ज्यान गएको छ ।

चीनमा हालसम्म ३ हजार २ सय ४९ मानिसको मृत्यु भएकोमा इटलीमा ३ हजार ४ सय ५ पुगेको छ । बिहीबार थप ४ सय २७ को ज्यान गएसँगै इटलीमा चीनभन्दा १५७ बढीको ज्यान गएको हो ।

कुल संक्रमितको संख्या भने इटलीमा भन्दा अझै चीनमा बढी छ । चीनमा ८० हजार ९ सय ६७ र इटलीमा ४१ हजार ३५ व्यक्तिमा कोरोनाको लक्षण भेटिएको छ ।

तर, संक्रमण र मृत्युदर दुवै इटलीमा बढी छ । बिहीबार मात्रै इटलीमा ५ हजार ३ सय ३२ कोरोनाको नयाँ बिरामी भेटिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

चीनमा भने बितेको २४ घण्टामा मात्रै ३ जनाको ज्यान गएको छ । देशभर कोरोनाका ३९ नयाँ बिरामी भेटिएका छन् ।

विश्वभर महामारीको रूप लिएको कोरोनाले हालसम्म १० हजार ४८ मानिसको ज्यान गएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...