एसईई भयमुक्त बनाउन यस्तो छ सरकारको तयारी



हाम्रो इकोनोमि

 

माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसर्इई) कोरोना भाइरस संक्रमणको त्रासका बीच हुने भएको छ । चैत ६ देखि १७ गतेसम्म सञ्चालन हुने परीक्षाको तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ ।

४ लाख ८२ हजार ७ सय ७ विद्यार्थीका लागि देशभर १ हजार ९ सय ९५ परीक्षा केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए । परीक्षामा प्राविधिक धारतर्फ ९ हजार ५ सय ९ परीक्षार्थी छन् । कुल परीक्षार्थीमा ग्रेड वृद्धितर्फ १६ हजार २ सय ४२ र प्राविधिकतर्फ १ सय ३९ परीक्षार्थी सहभागी हुनेछन् । सबैभन्दा धेरै परीक्षार्थी बागमतीबाट १ लाख ३ हजार ६ सय ६७ र थोरै कर्णाली प्रदेशबाट ३६ हजार ४ सय ३६ सहभागी हुने भएका छन् ।

परीक्षा नियन्त्रक खकुरेलले ८६ विषयमा हुने परीक्षामा ५१ लाख सेट प्रश्नपत्र छपाइ गरी जिल्ला–जिल्ला पठाइएको बताए । परीक्षामा करीब ६५ हजार जनशक्ति परिचालन गरिने भएको छ । प्रत्येक परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष, २० विद्यार्थीबराबर एक निरीक्षक, १०० विद्यार्थीबराबर एक परीक्षा सहायक, ५० विद्यार्थीबराबर एक परिचारक खटाइएको छ । प्रत्येक परीक्षा केन्द्रमा १६ जनाका दरले सुरक्षाकर्मी खटाइनेछ ।

चैत ६ गते बिहान ८ बजे सबै परीक्षा केन्द्रमा एकैसाथ शुरु हुने परीक्षाका लागि आवश्यक प्रश्न सबै जिल्लाको परीक्षा केन्द्रनजीक रहेको सुरक्षा निकायमा पु¥याइएको छ । खकुरेलका अनुसार परीक्षा केन्द्रमा असम्बन्धित व्यक्तिलाई भीडभाड गर्न बन्देज लगाइएको जानकारी दिए । एउटा परीक्षा केन्द्रमा बढीमा ३०० र एउटा कक्षाकोठामा २०–३० परीक्षार्थी राख्ने व्यवस्था गरिएको छ । कसैले परीक्षाको मर्यादा भंग गर्ने वा बिथोल्ने काम गरे कानूनअनुसार ६ महिना कैद वा रु १ लाख जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था गरिएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले कोरोना भाइरसको त्रासलाई ध्यानमा राख्दै सरकारले परीक्षा केन्द्र व्यवस्थापन गरेको जानकारी दिए । परीक्षार्थीलाई त्रासरहित वातावरणमा परीक्षा सञ्चालन गर्न सरकारले सबै तयारी पूरा गरेको उनको भनाइ छ । बालबालिकाको स्वास्थ्य सुरक्षाबारे सरकारले सतर्कता अपनाएको उनले बताए ।

परीक्षाका समयमा विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण नफैलियोस् भनेर मन्त्रालय एवं स्थानीय तहको समन्वयमा सहायता कक्ष हेल्थ डेस्क स्थापना गरिने भएको छ । परीक्षा केन्द्रहरूमा परीक्षा अवधिभर हेल्थ डेस्क राख्ने व्यवस्था मिलाउन ७ सय ५३ वटै स्थानीय तहलाई शिक्षा मन्त्रालयले अनुरोध गरेको छ ।

कोरोना सङ्क्रमण रोकथाम गर्न र एसईई परीक्षालाई मनोवैज्ञानिक एवं त्रासमुक्त वातावरण बनाइएको जनाएको छ । परीक्षा हलभित्र जानुुअघि परीक्षार्थी, कर्मचारी, सुरक्षाकर्मी, अनुगमनकर्तालगायत परीक्षामा संलग्न सबैको तापक्रम जाँच गरिने भएको छ । परीक्षाका क्रममा कुुनै विद्यार्थीमा ज्वरो आएको पाइएमा अस्पताल लगेर उपचारको व्यवस्थासमेत हेल्थ डेस्कले गर्ने व्यवस्था छ ।

शिक्षामन्त्री पोखरेलले सार्वजनिक अपिल जारी गर्दै कोभिड–१९ को संक्रमणको जोखिमप्रति सचेत हुन आग्रह गरेका छन् । उनले परीक्षाका लागि पर्याप्त सावधानीको प्रबन्ध गरिएकाले त्रसित र भयभित नहुन परीक्षार्थीलाई आग्रह गरेका छन् । विद्यार्थीलाई व्यक्तिगत सरसफाइमा ध्यान दिन, मास्क प्रयोग गर्न, अरूसँग हात नमिलाउन, सकभर भीडभाडमा नजान उनले स्मरण गराएका छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...