काेराेना भाइरस : अब ५० भन्दा बढी व्यक्ति एकै ठाउँमा उपस्थित हुन प्रतिबन्ध



हाम्रो इकोनोमि

 

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणलाई मध्यनजर गर्दै दिल्लीमा एकै ठाउँमा ५० जनाभन्दा बढी उपस्थित हुन रोक लगाइएको छ ।

सोमबार मुख्यमन्त्री अरविन्द केजरीवालले सबै जिल्लाका अधिकारीहरुसँगको बैठक यस्तो घोषणा गरेका हुन् । कुनै धार्मिक, राजनीतिक वा सामाजिक प्रदर्शनमा पनि ५० भन्दा बढी उपस्थित हुन नसक्ने केजरीवालले बताए ।

त्यस्तै शाहीन बाग प्रदर्शनलाई लिएर सोधिएको प्रश्नमा केजारीवालले भने, ‘कुनै पनि किसिमको प्रदर्शनमा कहीँ पनि एकै ठाउँमा ५० भन्दा बढी मानिस उपस्थित हुन पाउँदैनन् ।’

यद्यपि मुख्यमन्त्री केजरीवालले विवाहका लागि भने छुट दिएको बताए । उनले सम्भव भए विवाहको मिति सार्न अपिल गरेका छन् ।

साथै भारतमा दिल्लीको सबै नाइट क्लब, फिल्म हल, जिम र स्पा पनि आउँदाे ३१ मार्चसम्म बन्द रहनेछन् ।

केजरीवालले कोरोनाको सङ्क्रमणबाट बच्न शहरका महत्त्वपूर्ण ठाउँहरुमा हात धुने व्यवस्था गर्न अधिकारीहरुलाई निर्देशन दिएका छन् ।

भारतमा कोरोनाका कारण दुई जनाको ज्यान गइसकेको छ भने एक सय १० जनामा सङ्क्रमण देखिएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...