एसईई परीक्षा नरोकिने, सबै तयारी पुरा



हाम्रो इकोनोमि

 

एसईई परीक्षा नरोकिने भएको छ । सरकरले सबै तयारी पुरा गरेको जनाएको छ । तीनै तहका सरकार मिलेर यही चैत्र ६ गतेदेखि एसईई परीक्षा गराउने तयारीमा छौं । त्यसका लागि १९९५ परीक्षा केन्द्र तय गरिएका छन् । परीक्षा केन्द्रहरूमा प्राथमिक उपचार केन्द्र राख्ने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच मन्त्रिस्तरमा निर्णय भएको छ ।

निजी, गैरसरकारी, सामुदायिक स्वास्थ्य संस्थाहरूबाट पनि स्वास्थ्य स्वयंसेवक परिचालन गर्न मन्त्रालय लागिरहेको छ । यसमा प्रदेश सरकारले संयोजन गरेर प्रभावकारी ढंगले काम गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।

परीक्षार्थीहरूले अहिले सेल्फ र होम क्वारेन्टाइनमा बसेर आफ्नो पठनपाठन अगाडि बढाउनुपर्छ । नियमित हात धुने, मास्क प्रयोग गर्ने, संक्रमणको लक्षण देखिएकाबाट दूरीमा बस्ने, स्वास्थ्य मन्त्रालयबाट जारी हुने निर्देशनहरूको नियमित पालना गर्नेजस्ता सावधानी अपनाउने र नडराई आफ्नो अध्ययन जारी राख्नुपर्छ ।

यस सन्दर्भमा विद्यालय व्यवस्थापन समितिले समग्र स्कुलको सरसफाइ र परिस्थितिले मागेको सचेततनामा ध्यान दिन जरुरी छ भने स्थानीय सरकारले अनुगमन गर्नुपर्छ ।

एसईई परीक्षा केन्द्रमा हिमालमा १५०, पहाडमा २५० र तराईमा ३०० सम्म परीक्षार्थी राख्ने मापदण्ड भएता पनि कोठाहरूको उपलब्धता हेरी यथासम्भव पातलो संख्यामा परीक्षार्थी राख्ने, छुटै अइसोलेसन कक्षको व्यवस्थापन गर्ने, परीक्षाकेन्द्र बाहिर अनावश्यक भीड नगर्ने, सकेसम्म स्कुलबसहरू तत्कालका लागि प्रयोग नगर्ने र गर्नुपर्ने बाध्यता भएमा त्यसमा पालना गर्नुपर्ने आचारसंहिता बनाउने र सीडीओको नेतृत्वमा रहेको जिल्ला एसईई सुरक्षा समितिमा स्वास्थ्यको प्रतिनिधि पनि आमन्त्रण गरेर स्थानीय परिस्थितिको आकलन गर्नेजस्ता कार्य गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...