कुलमान घिसिङमाथि भ्रष्टाचार गरेको आरोप, ९ अर्ब घोटाला



हाम्रो इकोनोमि

 

जनताले विश्वास गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि भ्रष्टाचार गरेको आरोप लागेको छ ।

लोडसेडिङ हटाउन राम्रो काम गरेको भन्द घिसिङको प्रशंसाद भएको थियो । जनस्तरबाट प्रशंसा पाएका घिसिङमाथि संसदको सार्वजनिक लेखा समितिले भ्रष्टाचारमा संलग्न रहेको आरोप लगाएपछि जनताको विश्वामाथि धक्का लागेको छ ।

लेखा समितिद्वारा गठित उपसमितिले प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ र पूर्व कार्यकारी निर्देशक मुकेश काफ्लेसहितका पदाधिकारीविरुद्ध ९ अर्ब घोटाला गरेको अभियोगमा छानबिन गरी मुद्दा चलाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिएको छ ।

डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमितताबारे छानबिन गर्न गठित अध्ययन उपसमितिका संयोजक एवम् कांग्रेसका सांसद डा.मीनेन्द्र रिजालले नेपाल विद्युत प्राधिकरणको वर्तमान र पूर्वसञ्चालक समितिका पदाधिकारीविरुद्ध ९ अर्ब घोटालामा मुद्दा चलाउन सिफारिस गरिएको जानकारी दिएका छन् ।

उपसमितिले आफ्नो प्रतिवेदन शुक्रबार मूल समितिमा पेश गरेको छ । डा.रिजालको संयोजकत्वमा गठित पाँच सदस्यीय अध्ययन उपसमितिमा सांसदहरू तेजुलाल चौधरी, प्रदीप यादव, पार्वतीकुमारी विशुंखे र सूर्य पाठक सदस्य थिए ।

साउन ५ गते गठन भएको उपसमितिले डेडिकेटेड फिडर र ट्रंक लिंकमा भएको अनियमतिमताबारे अध्ययन गरेर प्रतिवेदन तयार पारेको छ ।

प्राधिकरणका पूर्व तथा वर्तमान सञ्चालक समितिका सदस्यहरूसँग पटक–पटक छलफल गरेपछि यो प्रतिवेदन तयार पारिएको छ ।

लोडसेडिङ भएका बेला ०७२ सालमा उद्योगीहरूको आग्रहमा प्राधिकरणले नियमित शुल्कमा थप ६० प्रतिशत शुल्क तिर्ने गरी २० घण्टाभन्दा बढी बिजुली उपलब्ध गराएको थियो ।

उद्योगले नियमित बाहेकको थप शुल्क नतिरेपछि समितिले छानबिन गरेको छ । प्राधिकरणकै मिलेमतोमा उद्योगीहरूले अतिरिक्त शुल्क नतिरेको दावी समितिको छ ।

प्राधिकरणकले चैत २८ गते २०७२ भदौदेखि ७५ चैतसम्मको छुट विद्युत महसुल बिल बापतको रकम बुझाउन दुई सय ५० भन्दा बढी उद्योगलाई ९ अर्बभन्दा बढीको बिल बुझाएको थियो ।

प्राधिकरणको पत्रविरुद्ध उद्योगीहरू उच्च अदालत पुगेपनि अदालतले विद्युत प्राधिकरणको विनियमावली अनुसार छुट गर्न नमिल्ने भएकाले तोकिएको महसुल तिर्न आदेश दिएको थियो ।

डेडिकेटेड फिडर र ट्रंक लिंकको बक्यौताबारे अध्ययन गर्न ऊर्जासचिव दिनेश घिमिरेको संयोजकत्वमा सरकारले गठन गरेको पाँच सदस्यीय छानबिन समितिले पनि छानबिन गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...