एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क



हाम्रो इकोनोमि

 

देशभर यही चैत ६ गतेदेखि शुरु हुने एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क सञ्चालन हुने भएको छ ।

सरकारले एसईई परीक्षा केन्द्रमा हेल्थ डेस्क राख्न जिल्लास्थित परीक्षा समन्वय समितिलाई निर्देशन दिइसकेको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पाखेरेल र स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल सहभागी बैठकले परीक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने र स्थानीय तहहरूमा स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो ।

शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार विश्वव्यापी रूपमा फैलिएको कोरानाभाइरसको संक्रमणबाट परीक्षार्थी प्रभावित हुनसक्ने भन्दै परीक्षा केन्द्रमा हेल्थ डेक्स स्थापना गर्न लागिएको हो ।

डेस्कमा भाइरसको लक्षण देखिएका विद्यार्थीले तुरून्तै जाँच गर्न सक्नेछन् ।

एसईई परीक्षा सञ्चालन र व्यवस्थापनका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा परीक्षा समन्वय समिति रहने व्यवस्था छ भने समितिले हेल्थ डेस्क स्थापना र सञ्चालन गर्ने प्रवक्त शर्माले जानकारी दिए ।

मुलुकभर १ हजार ९ सय ९४ परीक्षा केन्द्रमा एसईई परीक्षा सञ्चालन हुँदैछ । यसवर्ष ४ लाख ८२ हजार २ सय १९ परीक्षार्थी परीक्षामा सहभागी हुँदैछन् ।

प्रतिक्रिया दिनुहोस
काठमाडौंको नागढुङ्गादेखि चितवनको भरतपुरसम्मको सडक बन्द

    रसुवा हुँदै आएको भोटेकोशी बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुङ्गादेखि चितवनको...

टिमुरेका ९ सशस्त्र प्रहरी सम्पर्कविहीन

    बोर्डर आउट पोस्ट (बीओपी) मा खटिएका ९ जना सशस्त्र प्रहरी सम्पर्कविहीन...

तिब्बतबाट आएको भिषण बाढीको असर मुग्लिङसम्म

    तिब्बतबाट आएको भोटेकोशी नदीको भिषणा बाढीको असर चितवनसम्म पर्न सक्ने भन्दै...

रसुवाको तटीय क्षेत्रमा अकल्पनीय क्षति, दर्जनौं बजार र बस्ती बगायो

    भोटेकोशीमा अचानक तिब्बतर्फबाट आएको भिषण बाढीले नेपालतर्फ रसुवा जिल्लाको तटीय क्षेत्रमा...