अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य ३० प्रतिशतले घट्यो



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाल आयल निगमले नेपालमा मुल्य समायोजन गरेको छैन । कोरोना भाइरस, साउदी अरब र रुसबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ ।

तर नेपाल आयल निगमले भने नेपालमा एक रुपैया पनि मुल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्नसाथ नेपाल बढाउने तर ३० प्रतिशतले घटदा पनि एक रुपैया घटाएको छैन । सन् २०१६ फ्रेबुअरीपछि सवैभन्दा बढी मुल्य यसपटक घटेको छ । तेलको मूल्य एकैपटक यसरी सन् १९९१ को गल्फ वारपछि घटेको थियो ।

साउदी अरबले रुससँग उत्पादन घटाउने प्रस्ताव गरेको थियो । प्रस्ताव रुसले नमानेपछि साउदी अरबले कच्चा तेल खरिदमा छुट दिने र कच्चा तेलको उत्पादन समेत बढाउने घोषणा गरेको छ । ओपेक देश र रुसबीचको तेलको युद्दले यसको मूल्य अझै घट्ने अनुमान गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपाल आयल निगमले मासिक ५० करोड आम्दानी गर्न थालेको छ । उपभोक्ताको ढाड सेकेर निगमले मासिक ५० करोडभन्दा बढी आम्दानी गर्न थालेको छ । तेलको मुल्य हरेक १५ दिनमा परिवर्तन हुन्छ । नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने हो । तर हालसम्म नघटाएको र उपभोक्ताको ढाड सेकिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...