अन्तर्राष्ट्रिय बजारमा तेलको मुल्य ३० प्रतिशतले घट्यो



हाम्रो इकोनोमि

 

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आउँदा पनि नेपाल आयल निगमले नेपालमा मुल्य समायोजन गरेको छैन । कोरोना भाइरस, साउदी अरब र रुसबीचको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ३० प्रतिशतले घटेको छ ।

तर नेपाल आयल निगमले भने नेपालमा एक रुपैया पनि मुल्य घटाएको छैन । अन्तर्राष्ट्रिय बजारमा मुल्य बढ्नसाथ नेपाल बढाउने तर ३० प्रतिशतले घटदा पनि एक रुपैया घटाएको छैन । सन् २०१६ फ्रेबुअरीपछि सवैभन्दा बढी मुल्य यसपटक घटेको छ । तेलको मूल्य एकैपटक यसरी सन् १९९१ को गल्फ वारपछि घटेको थियो ।

साउदी अरबले रुससँग उत्पादन घटाउने प्रस्ताव गरेको थियो । प्रस्ताव रुसले नमानेपछि साउदी अरबले कच्चा तेल खरिदमा छुट दिने र कच्चा तेलको उत्पादन समेत बढाउने घोषणा गरेको छ । ओपेक देश र रुसबीचको तेलको युद्दले यसको मूल्य अझै घट्ने अनुमान गरेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

नेपाल आयल निगमले मासिक ५० करोड आम्दानी गर्न थालेको छ । उपभोक्ताको ढाड सेकेर निगमले मासिक ५० करोडभन्दा बढी आम्दानी गर्न थालेको छ । तेलको मुल्य हरेक १५ दिनमा परिवर्तन हुन्छ । नेपालले पनि पेट्रोलियम पदार्थको मूल्य घटाउनु पर्ने हो । तर हालसम्म नघटाएको र उपभोक्ताको ढाड सेकिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...

हेटौंडा बजारको घरटहरामा भोलिबाट डोजर चलाउने तयारी

   हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्गको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र...