कोरोना अमेरिमा पुग्यो, १ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टनको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताएका छन् । अमेरिकाले इरान यात्रामा रोक लगाइसकेको छ भने इटली र दक्षिण कोरिया नजान अपिलसमेत गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशमा कोरोना भाइरस फैलिने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८५ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...