कोरोना अमेरिमा पुग्यो, १ जनाको मृत्यु



हाम्रो इकोनोमि

 

कोरोना भाइरसको संक्रमणबाट अमेरिकामा पहिलो पटक एक जनाको मृत्यु भएको छ । राजधानी वाशिङ्टनको उत्तर–पश्चिम क्षेत्रमा ५० वर्षीय पुरुषको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । उनी पहिलेदेखि नै अन्य स्वास्थ्य समस्याबाट जुधिरहेका थिए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संक्रमण अझै फैलिन सक्ने बताउँदै कुनै पनि परिस्थितिको सामना गर्न अमेरिका तयार रहेको बताएका छन् । अमेरिकाले इरान यात्रामा रोक लगाइसकेको छ भने इटली र दक्षिण कोरिया नजान अपिलसमेत गरेको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका सबै देशमा कोरोना भाइरस फैलिने चेतावनी दिँदै सतर्कता अपनाउन आह्वान गरेको छ । चीनको बुहानबाट सुरु भएको कोरोना भाइरसबाट हालसम्म करिब ३ हजार जनाको मृत्यु भइसकेको छ भने ८५ हजारभन्दा बढी मानिस संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...