गौतमबुद्ध क्रिकेट रंगशालामा भ्रष्टाचार, अख्तियारमा उजुरी



हाम्रो इकोनोमि

 

रामपुर कृषि क्याम्पसको जग्गा अनधिकृत रूपमा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको दाबी गरिएको छ ।

महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेलले यसरी अनधिकृत रूपमा विश्वविद्यालयको जग्गाको दुरुपयोग गरिएको भन्दै अभियन्ता बताउने तारा बरालले अख्तियारमा उजुरी हालेको दाबी गरेकी छन् ।

‘देशको सम्पत्तिलाई अनधिकृत रुपमा रंगशालाका नाममा जग्गा हस्तान्तरण गर्ने काम भयो अख्तियारमा उजुरी परेको छ’, बरालले भनिन्,‘पशु अनुसन्धानशाला नाश गरेर रंगशाला बनाउने कुरा हुँदैन ।’

अख्तियारले छानबिन नगरे सर्वोच्च अदालतसम्म पुग्ने उनले दाबी गरेकी छन् । उनले फाउन्डेशनका अध्यक्ष कट्टेल पूर्वएमालेको कार्यकर्ता भएको, नाम कमाउनका लागि पशु अनुसन्धानशाला नष्ट गरी चर्चा कमाउन खोजेको बरालले आरोप लगाएकी छन्  देनिक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...