गौतमबुद्ध क्रिकेट रंगशालामा भ्रष्टाचार, अख्तियारमा उजुरी



हाम्रो इकोनोमि

 

रामपुर कृषि क्याम्पसको जग्गा अनधिकृत रूपमा भरतपुर महानगरपालिकाले धुर्मुस सुन्तली फाउन्डेशनलाई अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बनाउन दिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको दाबी गरिएको छ ।

महानगरपालिकाकी मेयर रेणु दाहाल र फाउन्डेशनका अध्यक्ष कलाकार सीताराम कट्टेलले यसरी अनधिकृत रूपमा विश्वविद्यालयको जग्गाको दुरुपयोग गरिएको भन्दै अभियन्ता बताउने तारा बरालले अख्तियारमा उजुरी हालेको दाबी गरेकी छन् ।

‘देशको सम्पत्तिलाई अनधिकृत रुपमा रंगशालाका नाममा जग्गा हस्तान्तरण गर्ने काम भयो अख्तियारमा उजुरी परेको छ’, बरालले भनिन्,‘पशु अनुसन्धानशाला नाश गरेर रंगशाला बनाउने कुरा हुँदैन ।’

अख्तियारले छानबिन नगरे सर्वोच्च अदालतसम्म पुग्ने उनले दाबी गरेकी छन् । उनले फाउन्डेशनका अध्यक्ष कट्टेल पूर्वएमालेको कार्यकर्ता भएको, नाम कमाउनका लागि पशु अनुसन्धानशाला नष्ट गरी चर्चा कमाउन खोजेको बरालले आरोप लगाएकी छन्  देनिक नेपालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...