दिल्लीमा आम आदमी पार्टीलाई बहुमत, मोदी पत्तासाफ



हाम्रो इकोनोमि

 

दिल्ली विधानसभा निर्वाचनको मत गणना शूरु भएको छ । प्रारम्भीक गणनाअनुसार आम आदमी पार्टी ५० स्थानमा अगाडी चलिरहेको छ भने २० स्थानमा भारतीय जनता पार्टी अगाडी देखिएको छ । दिल्ली विधानसभामा फेरी पनि आम आदमी पार्टीको सरकार बन्ने लगभग निश्चित जस्तो देखिएको छ ।

दिल्ली विधानसभामा ७o सिट छ । अरविन्द केजरीवालको पार्टी आम आदमी प्रारम्भीक मत सर्बेक्षणमा पनि बहुमतमा थियो । कांग्रेस भने एक स्थानमा पनि अगाडी देखिएको छैन । दिल्ली विधानसभामा बहुमतका लागि ३६ सिट आवश्यकता पर्दछ । आम आदमी पार्टीले लगभग ५० सिटमा जित्ने आँकलन गरिएको छ ।

भारतको राजधानी दिल्लीमा भारतीय जनता पार्टीको सरकार बनाउन प्रधानमन्त्री नरेन्द्र मोदीले निकै ठुलो मेहेनत गरेका थिए । तर प्रारम्भीक नतिजाअनुसार उनको मेहेनले कुनै काम गरेको देखिएन । दिल्ली विधानसभाको ७० सिटमा ६७२ जना उम्मेदवारहरु मैदानमा छन् । जसमा ७९ महिला उम्मेदवार पनि मैदानमा छन् ।

प्रतिक्रिया दिनुहोस
अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...

शनिवार र आइतवार सार्वजनिक विदा

    सरकारले शनिवार र आइतवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।...