कोरोना भाइरसले मृतकको संख्या ५६५ पुग्यो, २८ हजार बढी संक्रमित



 

 

कोरोना भाइरसका कारण बुधबार मात्रै चीनमा थप ७३ जनाको मृत्यु भएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले दिएको जानकारीअनुसार कोरोना भाइरसका कारण बिहीबार बिहानसम्म चीनमा मृत्यु हुनेको संख्या ५६३ पुगेको छ । त्यस्तै फिलिपिन्स र हङकङमा एक–एक जना गरी जम्मा ५६५ को मृत्यु भएको छ ।

धबार मात्रै थप ३ हजार ६ सय ९४ मा कोरोना भाइरसको संक्रमण देखिएको चिनियाँ अधिकारीले जानकारी दिएका छन्। चीनमा मात्रै कोरोना भाइरस संक्रमितको संख्या २८ हजार १८ पुगेको छ। मंगलबारको तुलनामा बुधबार संक्रमितको संख्या घटे पनि मृतकको संख्या भने बढेको छ। मंगलबार कोरोना भाइरसका कारण ६५ जनाको मृत्यु भएको थियो।
त्यस्तै मंगलबार करिब ३ हजार ९ सय जनामा कोरोना भाइरसको संक्रमण देखिएको थियो।चीन र विश्वका विभिन्न दुई दर्जन मुलुकमा गरी संक्रमितको संख्या २८ हजार २ सय ६१ पुगेको छ।

डब्लूएचओद्वारा चीनको प्रशंसा
चीनमा हालै फैलिइरहेको नोवल कोरोना भाइरसको संक्रमण लाई विश्वव्यापी संकट बन्न नदिन चीनले चालेका कदमको विश्व स्वास्थ्य संगठन ९डब्लूएचओ० ले प्रशंसा गरेको छ ।

डब्लूएचओ प्रमुख डा। टेड्रोस एड्हानम घेब्रेयसुसले चिनियाँ कदम ‘उपयुक्त’ भएको उल्लेख गर्दै त्यसका कारण अन्य विश्व संकटबाट बचिरहेको जनाए । चीनले भाइरसको प्रकोप सुरुमै रोक्न नसकेको भन्दै आलोचना भइरहेका बेला डब्लूएचओले प्रशंसा गरेको हो ।

जेनेभामा बोल्दै घेब्रेयसुसले चीनले प्रकोप थप फैलिन नदिन तथा नियन्त्रण गर्न प्रयास गरिरहेकाले त्यसलाई अवसरका रूपमा हेर्नुपर्ने बताए । चीनको राजनीतिक नेतृत्वले कोरोना भाइरसको प्रकोपसँग जुध्ने क्रममा ‘सरकारी कमजोरी र अपूर्णता’ पाइएको स्वीकारेको भोलिपल्ट घेब्रेयसुसको यस्तो भनाइ आएको हो ।

डब्ल्यूएचओले कोरोनाको प्रकोपलाई विश्वव्यापी स्वास्थ्य संकटकाल भने पनि यो महामारीको अवस्थामा पुगिसकेको छैन । चीन सरकारले सुरुमा यस भाइरसको संवेदनशीलतालाई कम आँकलन गरेको र त्यसकै कारण यसको समाचार लुकाउन खोजेको आरोपसमेत झेलेको थियो ।

प्रतिक्रिया दिनुहोस
हामी अहिले कसैसँग ऋण लिने अवस्थामा छैनौं : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमण सफल रहने बताएका छन्

यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री

     नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ०८४ को निर्वाचनसम्म अहिलेको समीकरण

एमालेले भ्रष्टाचारीको संरक्षण गर्दैन : महासचिव पोखरेल

    नेकपा एमालेका महासचिव शंकर पोखरेलले सुशासनको मामिलामा एमाले अरु राजनीतिक पार्टीभन्दा

काठमाण्डौमा एमालेको शक्ति प्रदर्शन, एक लाख जनता उतार्ने तयारी

    नेकपा (एमाले) ले आज सडकमा शक्ति प्रदर्शन (जागरणसभा) गर्दैछ । दरबारमार्गमा