चीनमा कोरोना भाइरसबाट १७o को मृत्यु



हाम्रो इकोनोमि

 

 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चीनबाट फैलिएको कोरोना भाइरसबाट जोगिन पूरै विश्वलाई सतर्क रहन अपिल गरेको छ । कोरोना भाइरसको फैलावट रोक्न मिलेर काम गर्न पनि डब्लु एचओले विश्व समुदायलाई आह्वान गरेको छ ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण हाल १६ देशमा फैलिइसकेको छ । कोरोना भाइरसका कारण निमोनियाको जस्तो लक्षण देखिने रोगबाट १७० जनाले ज्यान गुमाइसकेका छन् । चीनका सबै प्रान्तका बासिन्दा कोरोनाबाट प्रभावित भएका छन् ।

कोरोना भाइरसले विश्वव्यापी समस्या निम्त्याएपछि बिहीबार डब्लुएचओको आपतकालीन बैठक बस्दै छ । यो बैठकमा विश्वव्यापी स्वास्थ्य संकट घोषणा गर्नुपर्ने कि नपर्ने भन्ने विषयमा छलफल हुने बीबीसीले जनाएको छ ।

डब्लुएचओका महानिर्देशक टेड्रोस एड्हानोमले कोरोना भाइरसबाट संक्रमितको संख्या चीन बाहिर थोरै भए पनि यो संख्या बढ्ने सम्भावना रहेको बताएका छन् । मानिसबाट मानिसमा संक्रमण फैलिएको पुष्टि भएको भन्दै उनले त्यसलाई चिन्ताजनक भनेका छन् ।

सन् २०१२ मा चीनमा फैलिएको सार्स भाइरसको संक्रमणका कारण ७७४ जनाको ज्यान गएको थियो ।

भाइरसको आकार क्राउन (काँडा जस्तो) देखिने भएकाले यसलाई ‘कोरोना’ नाम दिइएको छ । कोरोना भाइरसले मानिसको फोक्सोमा घातक संक्रमण हुन्छ । सबैभन्दा पहिले संक्रमित व्यक्तिलाई ज्वरो आउँछ । त्यसपछि सुक्खा खोकी लाग्छ । एक हप्तापछि सास फेर्न गाह्रो हुन्छ र मानिसको ज्यानै जान्छ ।

चीनमा कोरोना भाइरस केबाट फैलियो भन्ने खुलेको छैन । यसअघि वुहानको साउथ चाइना सी–फुड होलसेल बजार कोरोना भाइरस फैलिएको बताइएको थियो । तर १ डिसेम्बर सन् २०१९ देखिकै दस्तावेजहरुले भने सी–फुड होलसेल बजारसँग कोरोना भाइरसको कुनै नाता नरहेको पुष्टि गरिसकेको बीबीसीले लेखेको छ ।

सार्स भाइरस चमेराबाट बिरालो र बिरालोबाट मानिसमा सरेको पुष्टि भएको थियो । तर कोरोना भाइरस केबाट फैलियो भन्ने पत्ता नलागेकाले यसको रोकथाममा समस्या भइरहेको विशेषज्ञहरुले जनाएका छन् ।

कोरोना भाइरसको संक्रमणबाट जुध्न चीनले वुहानमा १ हजार शय्याको अस्पताल ४८ घण्टामै तयार पारेर उपचार सुरु गरेको छ । चीनले कोरोनाविरुद्ध चालेका कदमहरुको डब्लुएचओले प्रशंसासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...