कोरोना भाइरसका बाट चीनमा मृत्यु हुनेको संख्या १ सय ६ पुग्यो, ५ हजार बढि संक्रमित



हाम्रो इकोनोमि

 

 

नमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ सय ६ पुगेको छ । करिव ४ हजार जना संक्रमित भएका छन । यसमध्ये ५ सय जनाको अवस्था गम्भीर छ ।

चीनको राजधानी बेइजिङमा समेत कोरोना भाइरसका कारण एक जनाको मृत्यु भएको छ । मृतक ५० बर्षीय ती पुरुषको अन्य विवरण खुलाइएको छैन ।

हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ । कोरोनाको उद्भव बिन्दु मानिएको वुहानमा आइतबारदेखि निजी गाडी संचालनमा पनि प्रतिबन्ध लगाइएको छ ।

कोरोनाको संक्रमण रोक्ने प्रयास स्वरुप एक हजार शैयाको छुट्टै नयाँ अस्पताल निर्माणाधिन छ ।

चीन भन्दा बाहिर झण्डै डेढ दर्जन मूलुकमा ४७ जना कोरोनाबाटै संक्रमित भएको बीबीसीले उल्ले गरेको छ ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४७ जनामा संक्रमणको पुष्टि भएको छ । अहिलेसम्म चीन बाहिर कसैको पनि नोवेल कोरोना भाइरसका कारण ज्यान भने गुमाएका छैनन ।

प्रतिक्रिया दिनुहोस
इरानलाई पूर्णरुपमा समाप्त पर्ने ट्रम्पको धम्की

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्कालै सम्झौता नभए पूरै देश नै...

अख्तियार प्रमुख र गृहमन्त्रीबीच भेट, ठूला माछा समात्ने तयारी

    गृहमन्त्री सुधन गुरुङले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई...

१०५ अंक घट्यो सेयर बजार

    आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा उच्च अंकको गिरावट आएको छ...

यस्ता छन मन्त्रिपरिषद् बैठकका निर्णय

    सरकारले आइतबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकका प्रमुख निर्णयहरू सार्वजनिक गरेको छ...